५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैनः हरिवंश आचार्य

काठमाडौंमा सडकमा साइकल चलाउने वातावरण छैनः हरिवंश आचार्य
अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्र्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताउनुभएको हो । उहाँले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताउनु भयो । आचार्यले स्वच्छ वायुका लागिपनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो । उहाँले मानव स्वास्थ्यका लागिपनि साईकल यात्रा उपयुक्त हुने बताउनु भयो ।

साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताउनु भयो । उहाँले सडकका नयाँ संरचनाहरु बनिरहेपछि साईकल लेन छुट्टयाउन कन्जुस्याँई गरिएको आचार्यको भनाई छ । उहाँले आफूसँग साइकल चलाउने सीप भएपनि साईकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताउनु भयो ।

आचार्यले भन्नुभयो, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछुु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो । केही समय अगाडी पोखरामा साईकल ¥याली हुँदाखेरी ३५ किलोमिटर साईकल चलाएको हो । साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ ।

साइकल चलाउँदाखेरी ज्यानको माया मारेर चलाउनुपर्छ । मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाईकलले संसारलाई नै प्रदुषित गर्दिसक्यो । शहरमा हिँड्दाखेरी मोटरसाईकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्र्ण यात्रा नै हुन जान्छ । हो, साईकल चढ्नुपर्छ । साइकलले प्रदुषण घटाउँछ । डीजेल पेट्रोलका साधनले प्रदुषण बढाउँछ । मानव स्वास्थ्यमा असर पु¥याउँछ भन्ने कुरा यहाँ भनिरहन पर्दैन । नयाँ संरचनाहरु बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमापनि साईकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छाँै । ह्वीलचीयरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो निति बनाउनुपर्छ ।’

प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठले यात्रुमैत्री सडक हुनुुपर्ने बताउनु भयो । उहाँले सडक सवारी साधनको मात्रै नभएको भन्दै पैदलयात्री, साइकल र ह्विल चियर यात्रीका लागि पनि भएको बताउनु भयो । उहाँले नेपाल संसारकै प्रदुषित शहरमध्ये एक भएको भन्दै अहिले सडकमा क्षमताभन्दा बढी गाडी गुडाइरहेको बताउनु भयो । उहाँले सवारी साधनले अस्वभावीक ढंगले धुवाँ फालिरहेका कारणपनि प्रदुषण बढेको बताउनु भयो ।

श्रेष्ठले भन्नुभयो, ‘सडक खाली गाडी गुड्नको लागि मात्रै होइन । सडक बटुवाको पनि हो अपाङ्गकोपनि हो । त्यसकारण उहाँहरुको सुरक्षामा ग्यारेन्टी हुने खालको सडक व्यवस्थापन गर्नुपर्छ । सुरक्षाको व्यवस्थापन गर्नुपर्छ । आज हाम्रो वायुप्रदुषण कसरी भइरहेको छ ? हामी सबैलाई थाह छ । संसारमै प्रदुषणयुक्त शहर मध्ये नेपाल पनि एक हो । वायु प्रदुषण भइरहेको छ । सडकको क्षेमताभन्दा बढी गाडी गुडाइरहेका छौँ । जसले धुवाँ अस्वभावीक ढंगले फालिरहेको छ ।’

पैदलयात्री, साइकल र ह्विलचियर यात्रीको सुरक्षित यात्रा गर्ने सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेला भएको थियो ।