• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   लमजुङ पहिरो अपडेट: बेपत्ता वृद्धको शव भेटियो ★   ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ★   तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय ! ★   लगातार दोस्रो जितसहित अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   नेपाल आइडल करण परियारलाई प्रधानमन्त्री दाहालको गितार उपहार ★   लमजुङमा पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता ★   कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते ★   ट्रक पार्किङ स्थल निर्माणका लागि कोशी प्रदेश सरकारले छुट्यायो दुई करोड ★   विजुलीका पोलमा जताततै ‘सवि’ ! के होला त्यो ? ★   दोस्रो चरणको छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क



काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) सँग सहकार्य र सहयोग गर्न सधै तत्पर रहेको बताउनु भएको छ ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कोरियाली पर्यटकहरुको खानपिन, सुरक्षा र उद्दारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिममा बोल्नु हुँदै राजदूत पार्कले नेपाल कोरियनहरुका लागि निकै परिचित नाम भएको र नेपालमा धेरै भन्दा धेरै कोरियन पर्यटकहरु आउन उत्साहित रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने बिश्वास लिएको छु । सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि सधै सहकार्य र सहयोग गर्न सधै तत्पर छौँ ।” यसैगरी उहाँले नेपाल–कोरियासँग रहेको लामो सम्बन्धका कारण पनि आफुले कोरियन पर्यटक नेपालमा अझै बढ्ने विश्वास लिएको जानकारी गराउनुभयो ।

कोरियामा बिदाको समयमा साना साना पहाड तिर ट्रेकिङ गर्न जाने प्रबृति रहेको बताउनु हुँदै राजदूत पार्कले भन्नुभयो, “नेपालमा ट्रेकिङ क्षेत्रहरु धेरै छन् । जसको कारणले मैले नेपालमा धेरै कोरियन पर्यटक आउने सम्भाना देखेको छु ।” नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) सँग सहकार्य र सहयोग गरिने उहाँको भनाई थियो ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) का अध्यक्ष अमरबहादुर शाहीले यसोसियनसँग सम्बद्ध ट्राभल र ट्रेकिङसँग सम्बन्धित एजेन्सिका स्टाफहरुलाई कोरियन पर्यटकहरुलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र ट्रेकिङमा जाँदा आइपर्ने स्वास्थ्य सम्बन्धि समस्याहरुलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण दिनका लागि उक्त उक्त तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पर्यटकको प्रमुख स्रोत मुलुक मध्ये कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरुलाई स्तरिय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो, नेपालको पर्यटकिय तथा आर्थिक विकासका लागि यसले निकै सहयोग पुग्ने छ ।” कोरियन पर्यटहरुलाई नेपालमा सेवा दिने नेपाल स्थित ट्रेकिङ ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसय जनाहरु उक्त तालिममा सहभागि रहेका छन् । रासस