८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क

नेपालको पर्यटन विकासमा सहयोग गर्न तयार छौँ : राजदूत पार्क
अ अ+ अ-

काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत ताय–योङ पार्कले नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) सँग सहकार्य र सहयोग गर्न सधै तत्पर रहेको बताउनु भएको छ ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) को आयोजना तथा दक्षिण कोरियाली राजदूतावासको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा कोरियाली पर्यटकहरुको खानपिन, सुरक्षा र उद्दारसम्बन्धी आज यहाँ आयोजित एक दिवसीय तालिममा बोल्नु हुँदै राजदूत पार्कले नेपाल कोरियनहरुका लागि निकै परिचित नाम भएको र नेपालमा धेरै भन्दा धेरै कोरियन पर्यटकहरु आउन उत्साहित रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउँदा दिनमा नेपाल आउने कोरियन पर्यटकहरुको सङ्ख्या अझै बढ्ने बिश्वास लिएको छु । सन् २०२४ नेपाल कोरिया दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुग्दै छ । नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि सधै सहकार्य र सहयोग गर्न सधै तत्पर छौँ ।” यसैगरी उहाँले नेपाल–कोरियासँग रहेको लामो सम्बन्धका कारण पनि आफुले कोरियन पर्यटक नेपालमा अझै बढ्ने विश्वास लिएको जानकारी गराउनुभयो ।

कोरियामा बिदाको समयमा साना साना पहाड तिर ट्रेकिङ गर्न जाने प्रबृति रहेको बताउनु हुँदै राजदूत पार्कले भन्नुभयो, “नेपालमा ट्रेकिङ क्षेत्रहरु धेरै छन् । जसको कारणले मैले नेपालमा धेरै कोरियन पर्यटक आउने सम्भाना देखेको छु ।” नेपालको पर्यटन क्षेत्रको विकास तथा कोरियन पर्यटक भित्रयाउनका लागि कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) सँग सहकार्य र सहयोग गरिने उहाँको भनाई थियो ।

कोरियन टुर एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल (कोटान) का अध्यक्ष अमरबहादुर शाहीले यसोसियनसँग सम्बद्ध ट्राभल र ट्रेकिङसँग सम्बन्धित एजेन्सिका स्टाफहरुलाई कोरियन पर्यटकहरुलाई कसरी स्वस्थकर खानपिनको व्यवस्था गर्ने र ट्रेकिङमा जाँदा आइपर्ने स्वास्थ्य सम्बन्धि समस्याहरुलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा प्रशिक्षण दिनका लागि उक्त उक्त तालिमको आयोजना गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पर्यटकको प्रमुख स्रोत मुलुक मध्ये कोरिया पनि एक हो, उक्त देशबाट आउने पर्यटकहरुलाई स्तरिय सेवा दिनका लागि पनि यो तालिम गर्न आवश्यक थियो, नेपालको पर्यटकिय तथा आर्थिक विकासका लागि यसले निकै सहयोग पुग्ने छ ।” कोरियन पर्यटहरुलाई नेपालमा सेवा दिने नेपाल स्थित ट्रेकिङ ट्राभल कम्पनीमा कार्यरत गाइड, कुक र सहायक गाइड गरी एकसय जनाहरु उक्त तालिममा सहभागि रहेका छन् । रासस