४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

गिद्ध संरक्षणमा लाग्न सरोकारवालाको जोड

गिद्ध संरक्षणमा लाग्न सरोकारवालाको जोड
अ+ अ-

नवलपुर । मानवीय गतिविधिका कारण प्रकृतिबाट गिद्ध लोप हुँदै गएको विषयप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

जथाभावी विषादी प्रयोग गर्दा पृथ्वीबाट करिब ९१ प्रतिशत गिद्ध लोप भइसकेको भन्दै यिनीहरुको संरक्षण गर्नुपर्नेमा बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष टीका गिरीले बताउनुभयो ।

“नब्बे प्रतिशत गिद्ध हामीबाट लोप भइसकेको भन्ने तथ्याङ्क सार्वजनिक भइरहेको छ”, गिरीले भन्नुभयो, “हामीले गिद्धलाई बचाउनुपर्छ, हामीलाई आवश्यकता छ, गिद्धका कारण प्रकृति स्वच्छ भएको हुन्छ ।” मानवीय दृष्टिकोणबाट गिद्धलाई नराम्रो प्रजातिको रुपमा हेर्ने गरिएको भन्दै गिरीले गिद्धले मानवीय जीवनमा धेरै विषय सहज बनाइदिएको बताउनुभयो ।

“गिद्ध कुल्चिकार र फोहरमैला सफा गर्ने मात्रै भन्दा पनि प्राकृतिमा हुने दूषित कुरालाई गिद्धले नियन्त्रण गरिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “वातावरणबाट गिद्धमात्रै नभएर अन्य जीव पनि मानवीय गतिविधिका कारण विस्तारै लोप हुने अवस्थामा पुगेका छन्, अब हामी सचेत हुनुपर्छ ।”

चार दशक अगाडिसम्म गिद्धलाई सहजै देख्न पाइने गरेको भन्दै गिरीले अहिले गिद्ध सीमित ठाउँमा मात्रै देखा पर्ने बताउनुभयो । “मानिसले जथाभावी प्रयोग गर्ने विषादीका कारण गिद्धहरु लोप हुँदै गइरहेका छन्”, उहाँले भन्नुभयो, “डाइक्लोफिन्याक औषधि मानव र घरपालुवा जन्तुलाई प्रयोग गरिने कारण यसको असरले गिद्ध लोप भइरहेका हुन् ।”

गिद्ध प्रजनन केन्द्र तथा गिद्ध संरक्षणका लागि खोलिएका रेष्टुराँका कारण अहिले गिद्ध संरक्षित भइरहेका भन्दै गिरीले गिद्ध सबै ठाउँमा पाउने गरी संरक्षणको काम हुनुपर्ने बताउनुभयो ।

अहिले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पिठौलीमा जटायु रेष्टुराँ खोलेर गिद्ध संरक्षणको काम भइरहेको छ । जटायु रेष्टुराँ वरिपरी गिद्धको उपस्थिति राम्रो तथा प्रकृतिमा गुँड लगाएर प्रजनन गर्ने गरेको देखिएको संरक्षणकर्मी डीबी चौधरीले बताउनुभयो । केही समयअघि पिठौलीनजिकै कावासोतीमा सिनो खाएर मरेको स्याल खाएका कारण गिद्ध मरेका थिए ।

समुदायलाई वातावरण स्वच्छ र सफा राख्न प्रेरित गर्दै डाइक्लोफिन्याकजस्ता औषधिको हानिबारे बुझाउन सकेमा गिद्ध संरक्षण गर्न सकिने चौधरीले बताउनुभयो । गिद्धसँग अन्य पन्क्षी संरक्षण गर्नका लागि हानिकारक विषादीको प्रतिबन्ध लगाउनुपर्ने संरक्षणकर्मी चौधरीको भनाइ छ । लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले संरक्षणकर्मीको पहलमा गिद्ध संरक्षणलाई सप्ताहव्यापी कार्यक्रम गर्दै थालिएको हो ।

आजदेखि सुरु भएको गिद्ध संरक्षण सप्ताहको कार्यक्रम उद्घाटन गर्दै चितवन निकुञ्ज पूर्वी सेक्टरका प्रमुख शान्तबहादुर मगरले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनुभयो ।

समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष वसन्त राना मगरले वातावरण संरक्षणको हिसाबले गिद्ध अति आवश्यक पन्क्षी भएकाले संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभयो । गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गीसरह नै महत्वपूर्ण पक्षी रहेकाले संरक्षण सरकारी तथा गैरसरकारी संस्था र समुदाय गम्भीर हुनुपर्ने अवस्था आएको मगरले बताउनुभयो ।

गिद्ध संरक्षण सप्ताहको उद्घाटनको अवसर पारेर चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय सौराहासागैको राप्ती ड्याकमा सरसफाइ गरिएको छ । सरसफाइ कार्यक्रमा संरक्षणकर्मी, नेचर गाइड, नेपाल प्रहरी, नेपाली सेना तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो । रासस