• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

चीनमा दुर्लभ सारसको भाँचिएको चुच्चोको सफल प्रत्यारोपण



एजेन्सी । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ ।

ओरिएन्टल सेतो सारसलाई चीनमा प्रथम श्रेणीको राष्ट्रिय संरक्षणअन्तर्गत प्रवासी चराका नामले चिनिन्छ । चुच्चोको सफल शल्यक्रिया गर्नुभएका झु बाओगुङ होङ्गेले यो ओरिएन्टल सारसलाई बचाउनको लागि आफूहरुले धेरुै विकल्पहरुको विचार गर्नुपरेको बताउनु भयो ।

उहाँले सारसलाई सकेसम्म चाँडो कृत्रिम चुच्चो उपलब्ध गराउनु उचित हुने ठानेर सोही अनुससार नक्कली चुच्चो प्रदान गरेको बताउनु भयो ।

चरालाई उपचार पछि जंगलमा छोडिएको छ । यो चराहरुमा विशाल पाण्डा भनेर पनि चिनिन्छ । प्रकृति संरक्षणको लागि यो अन्तर्राष्ट्रिय संघले दुर्लभ चराको रुपमा सूचिवद्ध गरेको छ ।