• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा



एजेन्सी । एसिया कपका लागि अफगानिस्तानको टोली घोषणा भएको छ ।

आइतबार सार्वजनिक गरिएको टोलीमा करिम जनात र शराफुद्दीन अशरफ फर्किएका छन् भने वफादार मोमान्द र अजमातुल्लाह उमरजाई चोटका कारण बाहिरिएका छन् ।

जनत करिब ६ वर्षपछि एकदिवसीय टोलीमा फर्किएका छन्, जबकि अशरफ जनवरी २०२२ देखि एकदिवसीय टोलीमा परेका थिएनन् । जनतले आफ्नो अन्तिम ओडीआई फेब्रुअरी २०१७ मा खेलेका थिए । अफगानिस्तान क्रिकेट बोर्डले टोलीको कमाण्ड हशमतुल्लाह शाहिदीलाई सुम्पेको छ ।

टोलीको पहिलो खेल सेप्टेम्बर ३ मा लाहोरमा बंगलादेशसँग हुनेछ । एसिया कप ३० सेप्टेम्बरबाट सुरु हुँदैछ । प्रतियोगिताको फाइनल खेल १७ सेप्टेम्बरमा हुनेछ । जसमा ६ टोलीको सहभागिता रहेको छ ।

अफगानिस्तान टोली:
हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, रहमानउल्लाह गुरबाज (विकेटकिपर), नजिबुल्लाह जद्रान, राशिद खान, इक्राम अलीखिल (विकेटकिपर), करीब जनत, गुलबदान नाबी, मोहम्मद नाबी, मुजीब उर रहमान, फजलहक फारुकी, शराफउद्दीन अशरफ, नूर अहमद, अब्दुल रहमान, मोहम्मद सलीम ।