• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति ★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने

एसिया कप खेल्न सन्दीप आज पाकिस्तान जाँदै



file photo: can

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने एसिसी एसिया कप खेल्न आज (सोमबार) पाकिस्तान प्रस्थान गर्दैछन् ।

उनी कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जाने भएका हुन्  । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी बिहान ११ः२० मा दोहा हुँदै मुल्तान पुग्ने कार्यतालिका छ ।

काठमाडौं जिल्ला अदालतले आइतबार सन्दीपको पेसी २१ भदौलाई सारेपछि उनी एसिया कप खेल्न पाकिस्तान जाने भएका हुन् । अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितले सन्दीपको मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखेसँगै उनी पाकिस्तान जाने बाटो खुलेको थियो ।

नेपाली टोली यसअघि नै ५ भदौमा पाकिस्तान पुगेको थियो । कराँची पुगेको नेपाली खेलाडीले गत बिहीबारदेखि अभ्यास थालेका थिए । पहिलोपटक एसिया कपमा छनोट भएको नेपाल समूह ‘ए’मा रहेको छ ।

जसमा दुई महारथी पूर्व विश्व च्याम्पियन भारत र पाकिस्तानसमेत छन् । नेपालले १३ भदौमा पाकिस्तानसँग उद्घाटन खेल खेल्नेछ  । यस्तै, १८ भदौमा भारतको सामना गर्नेछ ।