२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपालाई सभामुख सहित १२ मन्त्रालय !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाज पार्टी नेपाललाई सभामुख सहित १२ वटा मन्त्रालयहरु दिने प्रस्ताव गरेका छन् । बालुवाटारमा राजेन्द्र महतो र महन्थ ठाकुरसंग भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले आफुलाई समर्थन गर्न आग्रह गर्दै सो प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्रीले सभामुख सहित मुख्य मन्त्रालय दिनुका साथै जसपाको मागहरु समेत सम्बोधन गर्ने  उनले प्रस्ताव राखेका थिए । प्रधानमन्त्रीले जसपालाई युवा नेताहरुलाई प्राथमिकता दिनुपर्ने जोड रहेको स्रोतले बतायो । 

प्रधानमन्त्री ओलीले जसपाबाट शरतसिंह भण्डारीलाई सभामुखको लागि अगाडी बढाउन नेता महतो र ठाकुरलाई सुझाव समेत दिएका छन् । 

प्रधानमन्त्रीले युवा नेताहरु राजकिशोर यादव, उमाशंकर अरगरिया, इस्तियाक राई, प्रदीप यादव, प्रमोद साह, चन्दा चौधरी लगायतलाई प्राथमिकता दिनु पर्ने भन्दै मन्त्रालयहरुमा युवा नेताहरुलाई अघि सार्न प्रस्ताव गरेका छन् । 

प्रधानमन्त्रीले जसपालाई खुलेरै सत्ता साझेदारी गर्न प्रस्ताव गरेपनि जसपा पार्टीले आधिकारिक निर्णय भने दिन सकेको छैन ।