• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

सन्दीप भोलि पाकिस्तान जाँदै



काठमाडौं । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिताका लागि भोलि पाकिस्तान जाने भएका छन् ।

आज अदालतले उनको पेशी स्थगित गरी अर्को पेशी २१ भदौमा तोकेसँगै उनी पाकिस्तान जाने भएका हुन् ।

एसिया कप भदौ १३ गते बुधबारबाट सुरु हुँदैछ । नेपालका अरु खेलाडिहरु भने यसअघि नै गईसकेका छन् । सन्दीप भने पेशीको कारणले रोकिएका थिए ।

नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्नेछ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले समुहचरण अन्तर्गतको यी दुई म्याच खेल्न भ्याउनेछन् ।

यो पनि पढ्नुहोस्: सन्दीपको पेशी आज पनि स्थगित