काठमाडौं । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुको छलफल संसद्को शिक्षा समितिको हलमा सुरु भएको छ ।
आफ्नो पक्षका सांसदहरुले भोलि प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने बरु त्यस अगावै सांसद पदबाट राजीनामा दिने वा अन्य कुनै रणनीति बनाउने भन्ने बारेमा छलफल हुने एक सांसदले जानकारी दिनुभयो ।
भोलि संसदको विशेष अधिवेशन बस्दैछ । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत लिने भनी सो बैठक बोलाइएको हो ।











