काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखा पाखा नगर्ने स्पष्ट पार्नुभएको छ ।
मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्दै प्रधानमन्त्री ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको कारण पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताउनु भएको छ ।












