७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

मलाई गोली हान्न सक्छन्– केपी ओली

मलाई गोली हान्न सक्छन्– केपी ओली
फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कसैले गोली हान्न सक्ने बताए। तर यसमा आफूलाई कुनै आपत्ति नभएको उहाँले बताउनुभयो ।

बिहीबार एमालेनिकट भूपू सैनिक–प्रहरी संगठनको कार्यक्रममा उहाँले भन्नुभयो, “मलाई पहिले पञ्चायतकालमा हुँदै नभएका कुरामा दस वर्ष कैद गर्‍यो। दस वर्ष पूरा भएपछि ४ वर्ष यसै थुन्यो। म १४ वर्ष जेल बसेँ, त्यस्तै गर्ने हो भने बेग्लै कुरा, झूटैमा जाने हो भने बेग्लै कुरा, तर कानुनले केपी ओलीलाई हत्कडी लगाउने कुनै ठाउँ छैन। केपी ओलीले राख्दै राख्दैन। किन केपी ओली ढुक्कले बोल्छ रु यसकारण कि, मलाई थाहा छ, विरोधीहरू छन्, तिनले पाएसम्म न्यायका विरूद्ध, सत्यकाविरूद्ध। जो सत्यसँग द्रोह गर्ने मानिस हुन्छ, तिनले सत्यका विरूद्ध काम गर्छन्। त्यस्ता तत्त्व छन्। तिनीहरू आइलाग्न सक्छन्। म कानुनीरूपमा पनि सतर्क छु तिनीहरूसँग। एक शब्द कतै नचिप्लियोस् भनेर ।”

आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको उल्लेख गर्दै उहाँले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताउनुभयो ।

“म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइपल्टाइ फैसला–निर्णय गरेको छु। त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन”, उहाँले भन्नुभयो, “माकुराको जालोमा भैँसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ। यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ ।”

सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको भन्दै उहाँले भन्नुभयो, “सामाजिक सञ्जाल खोलर खोलेर हेर्नुस् त, के बोलेको हुन्छ त्यहाँ ? केहो त्यो ? के पढाइँदै छ हाम्रा केटाकेटीहरूलाईरु बुद्धिजीवीमात्र होइन, बुढा वकिलहरू, निराधार। फेसबुकको हिरो हुनका लागि बोल्छन्। देखिराखेका छौं हामीले कोही–कोही मानिसहरू। बुढा विद्वानहरू, अस्ति एउटा प्रहरीको पूर्वअफिसर बोल्दै गरेको देखेको थिएँ, मेरै नाम लिएर ।”

तस्करीलाई छोप्न, एमालेले गर्‍यो भनेर हल्ला चलाइएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, यो खालको एउटा फोहोरी हावा बगेको छ, एउटाले तुरून्तै छाप्छ, केपी ओलीलाई हत्कडी लाग्यो, जेल गयो ।”