५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरुङ र पौडेलले पनि छोडे राप्रपा



अ+ अ-

काठमाडौँ । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेसँगै उनी पक्षीय नेताहरुले पनि राप्रपा छोड्ने क्रम सुरु भएको छ । पार्टीका संस्थापक नेताहरु चन्द्र गुरुङ र उद्धव पौडेलले पनि राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । कुनै कारण नखुलाई उनीहरुले सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, “राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु । सबैको जय होस् ।” त्यस्तै पौडेलले लेखेका छन्, “राप्रपालाई एकताबद्ध बनाउने मेरो भगीरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको रुपमा अत्यन्तै दुस्खी र भावुक छु । राप्रपामा बस्दाको पल सदैव अविस्मरणीय रहनेछ । आजैदेखि राप्रपासँगको संलग्नता अन्त्य गरेको छु । सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु । जय होस् ।”

थापा पक्षधर नेताहरुले विस्तारै राप्रपाबाट अलग्गिने तयारी गरिरहेको बताइएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गर्नु अनपेक्षित रहेको भन्दै बताउनुभएको थियो। लगत्तै लिङ्देनको अध्यक्षतामा बसेको उपलब्ध पदाधिकारीको केन्द्रीय बैठकले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको थियो।