२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र एकजना पनि मन्त्री बैठकमा नदेखिनु सदनको अपमान हो – सूर्य थापा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको टिप्पणी गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सभामा प्रधानमन्त्री र एकजना पनि मन्त्री उपस्थित नभएपछि आपत्ति जनाए ।

मन्त्रीहरु बेगर सदन अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो । सभामुख महोदय सरकारको खोजी गरिपाऊँ ।’

थापाले आपत्ति जनाउँदै गर्दा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्मा आइपुगेकी थिइन् । त्यसपछि सभामुखले मन्त्रीज्यू आईपुग्नुभयो भन्दै कार्यसूचीअनुसार बैठक अघि बढ्ने बताए ।