१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र एकजना पनि मन्त्री बैठकमा नदेखिनु सदनको अपमान हो – सूर्य थापा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको टिप्पणी गरेका छन् । बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सभामा प्रधानमन्त्री र एकजना पनि मन्त्री उपस्थित नभएपछि आपत्ति जनाए ।

मन्त्रीहरु बेगर सदन अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘प्रधानमन्त्री र एक जना पनि मन्त्री बैठकमा नदेखिनु यो सदनको अपमान हो । सभामुख महोदय सरकारको खोजी गरिपाऊँ ।’

थापाले आपत्ति जनाउँदै गर्दा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्मा आइपुगेकी थिइन् । त्यसपछि सभामुखले मन्त्रीज्यू आईपुग्नुभयो भन्दै कार्यसूचीअनुसार बैठक अघि बढ्ने बताए ।