१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको पेशी आइतबार, फैसला आए सोहि दिन पाकिस्तान जाने



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न जाने भएका छन् ।

आइतबार जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दामा अन्तिम पेसी तोकिएको छ । आइतबार फैसला भए सन्दीप राति नै पाकिस्तान तर्फ जाने उनका वकिल सरोज घिमिरेले बताए ।

‘सन्दीप अहिले टिमसँग नजानुको मुख्य कारण पनि आइतबार पेसी नै भएर हो । आइतबार पेसी तोकिने सार्वजनिक गरेका थिएनौं । किनभने केहि अनुसन्धान बाँकी थियो । सन्दीप आइतबार बेलुका उडान गर्छन्,’ घिमिरेले भने ।

जिल्ला अदालतले गत ३२ साउनमा अन्तिम पेसी भनेपनि बिना सुनवाइ स्थगित भएको थियो । जिल्ला अदालतका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो ।

आइतबार पेसी तोकिएको भए पनि सुनवाइको रोलक्रम भने निर्धारण भइसकेको छैन । यदि प्राथमिकतामा परेको खण्डमा आइतबार नै सुनवाइ भएर एक–दुई दिनमा नै फैसला आउने बताईएको छ ।

आइतबार अन्तिम फैसला हुनपर्ने बताउदै वकिल घिमिरेले भने, ‘हामी अन्तिम फैसला पर्खिरहेका छौं । आइतबार अन्तिम फैसला सम्भावना होइन हुन पर्ने हो । अरु विविध कारणले नहुने भन्ने त्यही दिन थाहा हुने भयो । हामी पछिल्ला ३/४ पेसीदेखि अन्तिम भनेर नै बसेका छौं ।’

नेपाली क्रिकेट टोली एसिया कप खेल्न मंगलबार राती नै पाकिस्तान गईसकेको छ । तर सन्दीप भने मुद्दाका कारण नेपालमै छन् । यदि आइतबारको पेशी पनि कुनै कारण देखाएर स्थगित भयो भने सन्दीपको पाकिस्तान भ्रमण नहुन पनि सक्छ ।