२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई दिएको अल्टिमेटम सकियो, नेपाल समूह संसदबाट बाहिरिँदै !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव-नेपाल तथा झलनाथ खनाल समूहले पार्टी एकताका लागि दिएको समयसीमा सकिएको छ । सोमबार बिहान ९ बजे सम्म एकताका लागि समय दिएको सकिएपछि केही बेरमा राजीनामा गर्ने एक सांसदले  जानकारी दिनुभयो ।

आफूहरुले दिएको समयसीमा भित्र अध्यक्ष ओलीले समस्या समाधानका लागि कुनै चासो नदेखाएका कारण राजीनामा दिने तयारी सो समूहले गरेको छ । सांसद बाट बाट राजीनामा गर्दे नयाँ पार्टी गठनको तयारी नेपाल समूहले गरेको छ ।

प्रतिनिधिशभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने कार्यसूचि रहेको छ । संसदको बैठक अघि नै नेपाल समूह संसद बाट बाहिरिन लागेको हो ।