२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैठकमा अनुपस्थित, विश्वासको मत नदिन अपिल,आजलाई यतिनै काफी छ : भीम रावल



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल समुहका साँसदहरुले प्रतिनिधिसभा आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ । नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले  आजको बैठकले सो निणर्य गरेको हो । 

बैठकबाट बाहिरिदै नेता भिम रावल प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वासको मत नदिन अपिल गरेका छन् ।  ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं,आजलाई यतिनै काफी छ’ रावलले भने ।