२१ मंसिर २०८२, आईतवार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलि साँझ चन्द्रमामा अवतरण गर्दै चन्द्रयान–३, चन्द्रमाको नयाँ तस्बिरहरु पठायो



Photo: ISRO
अ+ अ-

एजेन्सी । भारतको चन्द्रमा मिशन अर्थात चन्द्रयान–३ को ल्यान्डर अगस्ट २३ मा आफ्नो निर्धारित समय साँझ ६ बजेर ४ मिनेट(भारतीय समय)मा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

आज मिशनको बारेमा जानकारी दिँदै भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले सबै प्रणाली समय समयमा जाँच भइरहेको बताएको छ । इसरोका अनुसार यी सबै ठीकसँग काम गरिरहेका छन् ।

यससँगै इसरोले चन्द्रयान–३ द्वारा कैद गरिएका चन्द्रमाका नयाँ तस्बिरहरू पनि सेयर गरेको छ । चन्द्रयानले ७० किलोमिटर टाढाबाट ल्यान्डर पोजिसन डिटेक्शन क्यामेरा (एलपीडीसी) को सहायताले चन्द्रमाबाट यी तस्बिरहरू लिइएको हो । चन्द्रयान–३ अहिले चन्द्रमामा अवतरणका लागि सही ठाउँको खोजीमा छ । यसलाई २५ किलोमिटरको उचाइबाट अवतरण गरिनेछ ।

चन्द्रयान–३ को ल्यान्डरको सफ्ट ल्यान्डिङमा १५ देखि १७ मिनेट समय लाग्नेछ । यो अवधिलाई (फिफ्टिन मिनेट्स इन टेरर) अर्थात् सबैभन्दा कठिन समय भनिन्छ । भारतको चन्द्रयान–३ मिसन सफल भएमा यो चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्नेछ ।

चन्द्रमामा अवतरण गर्नुभन्दा दुई घन्टा अघि ल्यान्डरको मोड्युलको स्थिति र चन्द्रमाको अवस्थाका आधारमा उक्त समयमा अवतरण गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने निर्णय हुन्छ । यदि कुनै कारक मार्क अप टु द मार्क छैन भने, अवतरण अगस्त २७ मा गरिनेछ ।

चन्द्रयानको दोस्रो र अन्तिम डिबुस्टिङ अपरेसन आइतबार राति करिब २ बजे पूरा भएको थियो । यसपछि चन्द्रमाबाट ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दूरी १३४ किलोमिटर हुन्छ । डिबुस्टिङमा अन्तरिक्षयान को गति सुस्त बनाइन्छ ।

चन्द्रयान–१ र चन्द्रयान–२ मिसनका परियोजना निर्देशक एम. अन्नादुराईका अनुसार चन्द्रयान–३ ल्यान्डरलाई २५ किलोमिटरको उचाइबाट चन्द्रमाको सतहमा पुग्न १५ देखि २० मिनेट लाग्ने छ । यो समय सबैभन्दा संवेदनशील हुने छ ।

यसपछि, छ पाङ्ग्रे प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट र्‍याम्प हुँदै बाहिर निस्कनेछ र इसरोबाट आदेश प्राप्त हुने बित्तिकै चन्द्रमाको सतहमा सर्नेछ । यस अवधिमा यसको पाङ्ग्राले चन्द्रमाको माटोमा भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भ र इसरोको लोगोको छाप छोड्नेछ ।