१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

छात्रालाई हिजाबमाथि प्रतिबन्ध ‘डरलाग्दो’– मलाला युसुफजाई

छात्रालाई हिजाबमाथि प्रतिबन्ध ‘डरलाग्दो’– मलाला युसुफजाई
अ अ+ अ-

बिबिसी

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विद्यालयको कक्षामा हिजाब लगाउन पाउने अधिकारका निम्ति लडिरहेका छ भारतीय विद्यार्थीको समर्थनमा बोलेकी छन्।

कलेजले हिजाब लगाउन प्रतिबन्ध लगाएपछि ती किशोरीहरू कर्नाटक राज्यमा हप्तौँदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

मलालाले घटना ‘डरलाग्दो’ भएको बताइन्।

यस विषयले भारतमा धार्मिक तनाव बढ्दै गएको छ। जसका कारण झडपहरू समेत भइरहेको बताइएको छ। विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन्।

यो विवाद अहिले राज्यको उच्च अदालतमा पुगेको छ।

एक जना विद्यार्थीले अदालतमा दायर गरेको निवेदनमा हिजाब लगाउनु संविधानले सुनिश्चित गरेको धर्मको मौलिक अधिकार भएको तर्क गरिएको छ।

महिलाको शिक्षाको अधिकारका लागि बोलेका कारण पाकिस्तानमा तालिवानको आक्रमणबाट बाँचेकी मलालाले भारतका नेताहरूलाई ‘मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्न’ का लागि पहल गर्न आह्वान गरिन्।

“केटीहरूलाई हिजाब लगाएर विद्यालय जान नदिनु डरलाग्दो छ”, २४ वर्षीय मलालाले ट्वीट गरेकी छन्।

उनले त्यस प्रतिबन्धविरुद्ध महिलाहरूको आपत्ति कायम रहने बताएकी छिन्।

सरकारी उच्च माध्यमिक तह सरहको एक कलेज व्यवस्थापनले कक्षामा हिजाब लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरूले विरोध सुरु गरेका हुन्।

गत साता हिजाब लगाएका ती युवतीहरूको समूहका लागि कलेजको गेट बन्द गरिएको भिडिओ सार्वजनिक भएपछि मानिस आक्रोशित भएका थिए।

घटनाको प्रभाव कर्नाटक राज्यका अन्य कलेजहरूमा पनि फैलिएको छ।

तर हिन्दु कट्टरपन्थीहरू भने हिजाब प्रतिबन्धको समर्थनमा बोलेको पनि देखिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार प्रतिबन्धको विरोधी र समर्थक पक्षबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन्।

राज्यका मुख्यमन्त्रीले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिँदै ‘सबै विद्यार्थी, शिक्षक र विद्यालय वा कलेजका व्यवस्थापनका साथै कर्नाटकका जनतालाई शान्ति र सद्भाव कायम राख्न’ अपिल गरेका छन्।

कलेजले विद्यार्थीहरूलाई कलेज परिसरमा हिजाब लगाए पनि कक्षाकोठाभित्र मात्र त्यसलाई हटाउन आग्रह गरेको बताएको छ।

किशोरीहरू भने आफ्नो कपाल छोप्न पनि अनुमति दिनुपर्ने बताउँछन्।

“केही पुरुष शिक्षकहरू छन्। हामीले उनीहरूको अगाडि कपाल छोप्नु पर्छ। त्यसैले हामी हिजाब लगाउँछौँ”, एक विद्यार्थी अल्मास एएचले भनिन्।