२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

छात्रालाई हिजाबमाथि प्रतिबन्ध ‘डरलाग्दो’– मलाला युसुफजाई

छात्रालाई हिजाबमाथि प्रतिबन्ध ‘डरलाग्दो’– मलाला युसुफजाई
अ अ+ अ-

बिबिसी

नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले विद्यालयको कक्षामा हिजाब लगाउन पाउने अधिकारका निम्ति लडिरहेका छ भारतीय विद्यार्थीको समर्थनमा बोलेकी छन्।

कलेजले हिजाब लगाउन प्रतिबन्ध लगाएपछि ती किशोरीहरू कर्नाटक राज्यमा हप्तौँदेखि विरोध प्रदर्शन गरिरहेका छन्।

मलालाले घटना ‘डरलाग्दो’ भएको बताइन्।

यस विषयले भारतमा धार्मिक तनाव बढ्दै गएको छ। जसका कारण झडपहरू समेत भइरहेको बताइएको छ। विद्यालयहरू तीन दिनका लागि बन्द भएका छन्।

यो विवाद अहिले राज्यको उच्च अदालतमा पुगेको छ।

एक जना विद्यार्थीले अदालतमा दायर गरेको निवेदनमा हिजाब लगाउनु संविधानले सुनिश्चित गरेको धर्मको मौलिक अधिकार भएको तर्क गरिएको छ।

महिलाको शिक्षाको अधिकारका लागि बोलेका कारण पाकिस्तानमा तालिवानको आक्रमणबाट बाँचेकी मलालाले भारतका नेताहरूलाई ‘मुस्लिम महिलाहरूको सीमान्तकरण रोक्न’ का लागि पहल गर्न आह्वान गरिन्।

“केटीहरूलाई हिजाब लगाएर विद्यालय जान नदिनु डरलाग्दो छ”, २४ वर्षीय मलालाले ट्वीट गरेकी छन्।

उनले त्यस प्रतिबन्धविरुद्ध महिलाहरूको आपत्ति कायम रहने बताएकी छिन्।

सरकारी उच्च माध्यमिक तह सरहको एक कलेज व्यवस्थापनले कक्षामा हिजाब लगाउन प्रतिबन्ध लगाएपछि किशोरीहरूले विरोध सुरु गरेका हुन्।

गत साता हिजाब लगाएका ती युवतीहरूको समूहका लागि कलेजको गेट बन्द गरिएको भिडिओ सार्वजनिक भएपछि मानिस आक्रोशित भएका थिए।

घटनाको प्रभाव कर्नाटक राज्यका अन्य कलेजहरूमा पनि फैलिएको छ।

तर हिन्दु कट्टरपन्थीहरू भने हिजाब प्रतिबन्धको समर्थनमा बोलेको पनि देखिएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार मङ्गलबार प्रतिबन्धको विरोधी र समर्थक पक्षबीच भएको झडपमा केही व्यक्ति घाइते भएका छन्।

राज्यका मुख्यमन्त्रीले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्देशन दिँदै ‘सबै विद्यार्थी, शिक्षक र विद्यालय वा कलेजका व्यवस्थापनका साथै कर्नाटकका जनतालाई शान्ति र सद्भाव कायम राख्न’ अपिल गरेका छन्।

कलेजले विद्यार्थीहरूलाई कलेज परिसरमा हिजाब लगाए पनि कक्षाकोठाभित्र मात्र त्यसलाई हटाउन आग्रह गरेको बताएको छ।

किशोरीहरू भने आफ्नो कपाल छोप्न पनि अनुमति दिनुपर्ने बताउँछन्।

“केही पुरुष शिक्षकहरू छन्। हामीले उनीहरूको अगाडि कपाल छोप्नु पर्छ। त्यसैले हामी हिजाब लगाउँछौँ”, एक विद्यार्थी अल्मास एएचले भनिन्।