• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तक: सभापति देउवा



फाईल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताउनु भयो । सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताउनु भयो । उहाँले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ । उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो । उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ । उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु । उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ ।’

सभापति देउवाले स्व.प्रदीप गिरीप्रति पार्टीमा धेरै लगाव र सम्मान रहेको कुरा कार्यक्रममा उपस्थित समुदायबाट स्पष्ट भएको बताउनु भयो ।