१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सत्ता सकस: एमाले र राप्रपाका जेष्ठ सदस्य उपस्थित नहुने , मुख्यमन्त्रीलाई बहुमतको पाउन सकस



अ+ अ-

काठमाडौं । कोशी प्रदेशसभाका आठ जना ज्येष्ठ सदस्यले सोमबारको बैठकमा उपस्थित हुन नसक्ने सूचना प्रदेशसभा सचिवालयलाई दिएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको बैठक बोलाईएको छ ।

कोशी प्रदेशसभा सचिवालयका अनुसार एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी ,राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्मालेले स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन् ।सभामुखले राजीनामा बुझाएर राज्यमन्त्री बनेपछि उपसभामुख पनि प्रदेशसभामा उपस्थित हुने नहुने स्पष्ट भै नकसको एक प्रतिपक्ष सासंदले जानकारी दिनुभयो ।

स्रोतका अनुसार उपसभामुखले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउने र उपसभामुख नहुँदा वा उनको उपस्थितिमा बैठक सञ्चालन गर्दा ज्येष्ठ सदस्यले सभा सञ्चालन गरे सरकारले बिश्वासको मत पाउन कठिन हुने छ । जसका कारण मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटमा पर्न सक्छ ।