४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

कम भएनन् आत्महत्याका घटना

कम भएनन् आत्महत्याका घटना
अ+ अ-

दाङ । गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं ९, वडा नं १९ विजौरी र राजपुर गाउँपालिका वडा नं ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाइ छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर विक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाइ छ । उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरुले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन ।

तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन् । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।

दाङ जिल्लामा प्राय: तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपाराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्याकासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्सान र तीन जना नदीमा हामफालेर गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा दुई सय १९, आव २०७८/७९ मा दुई सय २०, आव २०७७/७८ मा दुई सय ४१ र आव २०७६/७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उहाँले जानकारी दिनुभयो । विभिन्न मानसिक तनाब, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।

व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउनुहुन्छ सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उहाँ भन्नुहुन्छ, “सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्नुहुँदैन भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।”

प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको विचार व्यक्त गर्नु हुन्छ, ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

“आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,” डाक्टर मुरली मनोहर रौनियारले भन्नुभयो । उहाँ यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमि आउने बताउनुहुन्छ । उहाँले आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउनुहुन्छ । रासस