१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भष्मे डन’को फस्ट लुक सार्वजनिक



अ+ अ-

काठमाडौं । विपिन कार्की स्टारर चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ को फस्ट लुक सार्वजनिक भएको छ ।

दशैंको फूलपातीको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको आज फस्ट लुक सार्वजनिक गरिएको हो ।

सेभेन सिज प्रालीले चलचित्रको विदेश रिलिजको सम्पूर्ण जिम्मा लिएको छ । चलचित्रको अमेरिकामा १२ सय शो, युकेमा ५ सय , अष्ट्रेलियामा ५ सय र क्यानडामा १ सय ५० शोको लागि बुकिङ भईसकेको छ । यस्तै, मध्ये पूर्वका देशहरुमा साढे ७ सय , जपानमा १ सय , युरोपका विभिन्न देशमा ५० शो र भारत, दक्षिण कोरिया, मलेसिया, इराक र हङकङमा समेत रिलिज पक्का भैसकेको छ ।

निर्माता खगेन्द्र लामिछानेको लेखन तथा दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर रहेका छन् ।

टुकी आर्टसको ब्यानरमा निर्माण भएको चलचित्रमा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहेको छ ।