२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्राण्डी अस्पतालले कोभिड १९ का थप बिरामीहरुलाई भर्ना नलिने



अ+ अ-

काठमाडौं । ग्राण्डी अस्पतालले कोभिड-१९ का थप बिरामीहरुलाई भर्ना नलिने भएको छ । बुधबार एक सूचना जारी गर्दै ग्राण्डीले अक्सिजनको कमि भएकाले थप बिरामीहरुलाई भर्ना गर्न असमर्थ रहेको जानकारी दिएको हो ।

नेपाल सरकारको नियम अनुसार दैनिक सय सिलिन्डर अक्सिजन मात्र प्राप्त भएकाले थप बिरामी भर्ना गर्न नसक्ने बताएको छ । आउने दिनमा अक्सिजनको मात्रा आवश्यकता अनुसार प्राप्त भए अवश्य फेरी थप बिरामीको भर्ना गरिने समेत सूचनामा उल्लेख गरिएको छ ।