४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं: कृषिमन्त्री भुसाल

लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं: कृषिमन्त्री भुसाल
अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताउनुभएको हो ।

उहाँले लम्पिस्किन रोग लागेर पशुहरुको मृत्यु भएपश्चात किसानहरुलाई ठूलो क्षति भएपनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिनभने नसकिने बताउनु भयो । यद्यपी सरकारको तर्फबट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको बताउनु भयो । उहाँले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाइएको जानकारी दिनुभयो । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाई छ । उहाँले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएको बताउनु भयो । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताउनु भयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशुु संक्रमित भएका छन् । त्यसमध्ये १० लाख ८२ हजार एक सय ५९ पशुहरु संक्रमणबाट मुक्त भएका छन् । ४७ हजार ६४९ पशुको मृत्यु भएको छ । एक लाख ७५ हजार ५५३ अहिलेपनि संक्रमित अवस्थामा रहेका छन् । उपचारका लागि टोली खटाउनेदेखि तथ्याङ्कहरु लिने कामहरु गर्‍यौँ । यस्तै सचेतनाका लागि ब्रोसरहरु बनाएर वितरण गर्ने काम पनि गर्‍यौं । लम्पी स्किनबिरुद्ध भ्याक्सिन तान्जानीया, टर्की र जोर्डनबाट आयातको काम पनि गर्‍यौं । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन आयात भएको छ । ६ लाख ८६ हजार चार सय ५० पशुलाई भ्याक्सिन लगाइएको छ ।

लम्पी स्किन रोग लागेर पशुहरुको मृत्यु भयो । र, किसानहरुलाई ठूलो क्षति भयो । क्षति पूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपुूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम सरकारको तर्फबाट दिनुपर्छ भन्ने हिसावले प्रधानमन्त्री ज्युकै उपस्थितिमा बैठक बसेर आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडी बढाएका छौं । कार्यविधि पास हुने बित्तिकै राहत दिन्छौँ । यो रोग बिरुद्धको खोप उत्पादनका लागि चाहिने भाइरस विदेशबाट झिकाउनुपर्छ भन्नेकुरा अगाडी बढाएका छौं ।’

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनबिरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहका कारण मृत्युदर घटेको बताउनु भयो ।