२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट पूर्व बैंकर निरज श्रेष्ठको निधन



अ+ अ-

काठमाडौँ। पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण बुधबार बिहान ११ बजे निधन भएको छ। हिजो राती ११ बजे उनका बुबाको पनि कोरोनाका कारण निधन भएको थियो।

श्रेष्ठ अस्पताल भर्ना भएको केही दिनपछि ठिक भएको महसुस गरेर आफ्नो बेड अरुलाई दिएका थिए । तर फेरी उनलाई कोरोनाले च्यापेपछि उनलाई बेड पाउन कठिन भएको थियो । लामो कसरतपछि प्रहरीको हस्पिटलमा बेड पाएर आफू ठिक हुन लागेको भन्दै केही साथीहरुलाई आफ्नो ुसेल्फीु पनि खिचेर पठाएका थिए।

तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा उनले बैंकिङ करियर सुरु गरेका थिए भने केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरेका थिए। एनआईसी एसिया बैंकमा लगायत माछापुच्छ्रे बैंक, सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए।

उनको श्रीमती र छोरी छन्। दुबै जना विशेष काम परेर दिल्ली पुगेका छन्। दिल्लीमा उनीहरु दुबै जनालाई कोरोना संक्रमण देखिए पछि संक्रमण मुक्त भएको रिपोर्ट लिएर आज उनीहरु नेपाल आउँदैछन्।