२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

प्रदेश १ को जेष्ठ नागरिक महासंघद्वारा कोभिड-१९ को संक्रमणबाट मृत्यु भएकामा हार्दिक श्रद्धासुमन अर्पण

प्रदेश १ को जेष्ठ नागरिक महासंघद्वारा कोभिड-१९ को संक्रमणबाट मृत्यु भएकामा हार्दिक श्रद्धासुमन अर्पण
अ अ+ अ-

काठमाडौं । विश्वव्यापी रुपमा पछिल्ला केही दिनयता कोभिड-१९ को संक्रमण दोश्रो लहरको रुपमा तिब्र गतिमा फैलिदै गएको बेला नेपाल पनि यस बिकराल महामारीबाट अछुतो रहन सकेको छैन । गत केहि दिन यताको मात्रै तथ्यांक हेर्ने हो भने दिनानुदिन हजारौको संख्यामा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भई मृत्यु हुनेको संख्यामा पनि काहाली लाग्दो गरी बढोत्तरी हुँदै गएको छ । यसले हामी समस्त मानव समाजलाई नै आक्रान्त बनाई रहेको छ । यो भाईरस विरुद्ध उपलब्ध चिकित्सा पद्धतिलाई प्रयोग गरी अन्तिम समयसम्म उपचारको क्रममा लड्दा-लड्दै पनि मृत्युवरण गर्न विवश भएका सम्पूर्णमा र आदरर्णीय ज्येष्ठ नागरिकहरू प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।

यो विषम परिस्थिलाई परास्त गर्न, सम्पूर्ण आदरणीय ज्येष्ठ नागरिकहरूमा उच्च मनोबलका साथ जनस्वास्थ्यको पूर्ण मापदण्ड पूरा गरी सचेततापूर्वक आफ्नो दैनिकीलाई संचालन गर्नुहुन हार्दिक अपिल गर्दछौं । अधिकांश ज्येष्ठ नागरिकहरू दीर्घ रोगबाट पीडित हुन्छन् । त्यसमा पनि यो भाईरसको संक्रमण हुँदा, अन्य उमेर समूहको तुलनामा ज्येष्ठ नागरिकहरू अझ बढी जोखिम हुने सत्यलाई विभिन्न अध्ययनले पुष्टी गरिसकेको छ । यसर्थ, अस्पतालमा संक्रमित ज्येष्ठ नागरिकको उपचारमा पहिलो प्राथमिकता दिन, होम आईसोलेशनमा रहेका ज्येष्ठ नागरिकलाई आवश्यक अक्सिजन लगायत स्वास्थ्यका सबै सामाग्रीहरू बिना झन्झट उपलब्ध गराईदिन र राज्यबाट प्रदान गरिने सेवा सुविधालाई अतिरिक्त थप गरी प्रदान गर्न समेत सरकार समक्ष जोडदार अनुरोध गर्दछौं । ज्येष्ठ नागरिक सम्वन्धी कार्यरत एवं सम्पूर्ण सामाजिक संघ संस्थाहरूलाई पनि यो विषम् परिस्थितिमा ज्येष्ठ नागरिकको दैनिकी सहज बनाउन आवश्यक सहयोग प्रदान गर्न गराउनमा क्रियाशील रहन हार्दिक अपिल गर्दछौं । साथै, परिवारका सदस्यहरूलाई आफ्ना, बुबा आमा प्रति प्रेमपूर्वक श्रद्धा राख्दै आवश्यक स्याहार सुसारको प्रबन्धमा कटिबद्ध रहन विशेष अनुरोध गर्दछौं ।

कोभिड-१९ विरुद्ध उत्पादित भ्याक्सिन लगाउँदा, जति मात्रामा भाईरसले मानव स्वास्थ्यमा असर गर्दछ, त्यसको केही मात्रामा भए पनि न्यून हुन्छ, भन्ने खोप उत्पादक वैज्ञानिक, विज्ञ र अध्ययन अनुसन्धाता लगायत सम्वन्धित चिकित्सकहरूको भनाई रहेको छ । यहि मान्यता समेतलाई दृष्टिगत राख्दै, नेपालले पनि विभिन्न मुलुकले उत्पादन गरेका भ्याक्सिनको सफल परीक्षण पश्चात् विश्वका अधिकांश राष्ट्रले प्रयोगमा ल्याउन थाले अनुरुप नेपाललाई सहयोग स्वरुप उपलब्ध भएको भ्याक्सिनलाई कोभिडबाट बढी प्रभावित वा जोखिम बर्गलाई बर्गीकरण गरी प्राथमिकताका आधारमा खोप उपलब्ध गराउने अभियान संचालन गरेको छ, जुन सह्रानीय छ ।

यसै बमोजिम, सरकारको अभियान अन्तर्गत अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीहरू पछि उच्च जोखिम वर्गमा रहेका ज्येष्ठ नागरिकलाई लक्षित गरी भ्याक्सिन उपलब्ध गराउने सरकारको नीति अनुरूप केही ज्येष्ठ नागरिकहरूले पहिलो चरणको खोप लगाई सकेका छन् । तर हाल, उक्त खोप लगाए पश्चात् अनिवार्य रूपमा लगाउनु पर्ने दोस्रो चरणको खोप जुन समयावधि भित्र लगाउनु पर्ने हो, त्यो संचालनमा नआउँदा, पहिलो चरणमा खोप लगाएका ज्येष्ठ नागरिकहरू प्रभावित भएका छन् ।

यसर्थ, खोप उत्पादक वैज्ञानिक लगायत सम्वन्धित विज्ञहरूको भनाई अनुसार, दोस्रो चरणको खोप नलगाउदा सम्म पहिलो चरणमा लगाएको खोपले मात्र समुचित काम नगर्ने भन्ने तथ्यलाई दृष्टिगत गरी, पुनः दोस्रो चरणको खोप लगाउन वाञ्छनीय रहेको छ । तसर्थ, उक्त खोपको दोस्रो मात्रामा दिईनु पर्ने खोप यथाशीघ्र उपलब्ध गराई, तत् निकायहरूबाट ज्येष्ठ नागरिकलाई लगाउने कार्यलाई अगाडी बढाउनुका साथै पहिलो चरणमा खोप लगाउन छुटेका ज्येष्ठ नागरिकलाई समेत पुनः खोप सुचारु गर्ने अभियान संचालन गर्न गराउन यसै ज्ञापन पत्रमार्फत १ नं. प्रदेश ज्येष्ठ नागरिक महासंघ सरकार र सरोकारवाला पक्षहरु समक्ष जोडदार माग गर्दछ ।