२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशमा आज एकैदिन थप ९४१ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु



अ+ अ-

कास्की । गण्डकी प्रदेशमा बुधबार थप ९४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २५ हजार ४४७ पुगेको छ । 

आज थप भएकामध्ये मुस्ताङमा २७, मनाङमा २८, म्याग्दीमा ४०, पर्वतमा ३१, गोरखामा ८१, लमजुङमा १, तनहुँमा ११, कास्कीमा २५१, बागलुङमा २३५, स्याङ्जामा १६८ र नवलपरासी(सुस्तापूर्व)मा ६८ जना रहेका छन् । 

यस्तै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आजमात्रै १६ जनाले ज्यान गुमाएका छन् । मृतकको विवरण तल उल्लेख गरिएको छ ।