२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिस्ठान गठन गर्ने तयारी

क्योकुसिनका बज्राचार्यको नाममा प्रतिस्ठान गठन गर्ने तयारी
अ अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण निधन भएका क्योकुसिन करातेका गुरु रामजीप्रसाद बज्राचार्यको नाममा ‘रामजीप्रसाद बज्राचार्य प्रतिस्ठान’ खोलिने भएको छ । रामजी गुरुका परिवार र क्योकुसिनका उनका चेलाहरुको सहयोग र नेपालमा रहेका क्योकुसिन कराते आवद्ध संघहरुको सहयोगमा उक्त प्रतिस्ठान गठन गर्न लागिएको नेपाल शो क्योकुसिन कराते संघका ब्राञ्च चिफ राजकुमार श्रेष्ठले बताउनु भएको छ ।

हालसम्म प्रतिस्ठान गठनका निम्ति विभिन्न देशमा रहेका खेलाडीहरुले सहयोग रकम पठाउन थालिसकेका छन् । जसबाट झन्डै ४ लाख रुपैंया उठिसकेको ब्राञ्च चिफ श्रेष्ठले बताउनुभयो । सहयोग गर्नेहरुमा बेलायतबाट सुरज कार्की र फिलिपिन्सबाट प्रभाकर शाहले रु एक÷एक लाख पठाएका छन् । त्यस्तै अमेरिकाबाट निमा शेर्पाले ५० हजार, भेषबहादुर खड्काले २४ हजार, अष्ट्रेलियाबाट राम केसीले २० हजार, जर्मनीबाट महेश थापाले १४ हजार दुई सय, बेल्जियमबाट सुदर्शन सिंखडा र नारायण सिलवालले १०-१० हजार तथा धन लामाले ५५ सय, बहराइनबाट ज्ञान तामाङले १० हजार एक सय, दुबईबाट शान्तरामले ७ हजार, त्यस्तै काठमाडौंका रामशरण राणाले १० हजार, विरेन्द्र ओलीले ७ हजार एक सय, कृष्णचन्द्र बानियाँले ५५ सय र सुर्य वुढाथोकीले ५ हजार एक सय सहयोग गर्नुभएको छ ।

सहयोग रकम उठ्ने क्रम जारी रहेको र प्रतिष्ठान स्थापनार्थ ५० लाख रुपैंया उठ्ने अनुमान गरिएको छ । ‘प्रतिष्ठान कोष’ स्थापनका लागि नेपाल लगायत विश्व क्योकुसिन कराते परिवार सम्मिलित प्रतिष्ठान कोष आर्थिक संकलन समिति गठन गरिएको छ । त्यसको संयोजकमा युएनकेएका वरिष्ठ उपाध्यक्ष सुरज श्रेष्ठ रहेका छन् । आर्थिक संकलनको पारदर्शी हिसाब किताब युएनकेएको वेवसाइटमा प्रकाशित गरिने भएको छ ।

सहयोगको निम्ति युनाइटेड नेप्लिज क्योकुसिन एडभान्समेन्ट युएनकेएको मेघा बैंक खाता नं M08800100068082 र स्वर्गीय श्री रामजीप्रसाद वज्राचार्यका छोरा जेनीस वज्राचार्यको प्रभु बैंक खाता नं ब्रऋ M 0420085506200011 मार्फत सहयोग गर्न सक्ने व्यवस्था मिलाएको छ । ब्राञ्च चिफ श्रेष्ठका अनुसार प्रतिष्ठानले क्योकुसिनको विकासमा काम गर्नेछ । क्योकुसिनका वर्षका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिने र रामजी गुरुको नाममा प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको ब्राञ्च चिफ श्रेष्ठले बताउनु भएको छ । 

उहाँले भन्नुभयो– ‘तर उहाँको नामको प्रतियोगितामा प्रतिष्ठानमा रहेको वजेटबाट नभई अन्य स्रोतबाट रकम जम्मा गर्ने हाम्रो योजना छ । क्योकुसिनमा नेपालमा २०÷२२ वटा संस्था छन् । सबैले सहयोगको बाचा गर्नुभएको छ ।’ 

प्रतिष्ठानको गठनमा नेपालमा रहेका क्योकुसिनका संघसंस्थाका प्रतिनिधिहरु र रामजी गुरुको परिवारका सदस्य मिलेर गठन गर्न लागिएको छ । कोरोना भाइरस संक्रमणका कारण क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको गत मङ्गलवार निधन भएको थियो ।

क्योकुशिन करातेका पूर्व अन्तराष्ट्रिय चर्चित खेलाडी, वरिष्ठ प्रशिक्षक उनी नेपाल फुल कन्ट्याक्ट् कराते महासंघका वरिष्ठ उपाध्यक्ष थिए । स्व. बज्राचार्यले सन् १९८२ मा सिंगापुर र १९८४ मा इन्डोनेसियामा भएको अल एसिया फुल कनट्याक्ट कराते च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । इन्डोनेसियामा उनले काश्य पदक जितेका थिए । २०३९ सालदेखि क्योकुसिन कराते खेल्न थालेका स्व. बज्राचार्यको नेपाली मार्शल आर्ट्सको क्षेत्रमा ठूलो योगदान रहेको छ । स्व. बज्राचार्यका श्रीमती, १ छोरा र २ छोरी छन् ।