२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना कहर : नेपाल सहित ३ देशमा प्रवेश गरेका कोही पनि जापान आउन नपाउने



अ+ अ-

दीपक गौतमर,

टोकियो । जापानले कोरोना संक्रमण फैलिएका देशमबाट १४ दिन नकटेका कसैलाई पनि जापान प्रवेश गर्न नदिने भएको छ ।

जापान सरकारले नेपाल सहित भारत र पाकिस्तान प्रवेश गरेका जो कोहिलाई पनि १४ दिन सम्म प्रवेश गर्न नदिने भएको हो । त्यसैले उल्लेखित देशमा रहेकाले जापान प्रवेश गर्न नपाउने भएका हुन् ।

अहिले सम्म जापान बसाइको अनुमती पाएका र यहिको स्थाइ बसोबास अनुमती पाएकालाई ३ दिन सरकारले तोकेको स्थानमा र १४ दिन होम क्वारेनटाइन बस्ने शर्तमा जापान प्रवेश गर्न दिएको थियो ।

अब काम विशेषले नेपाल, भारत र पाकिस्तान प्रवेश गरेका (जापानी नागरिक बाहेक) कसैले प्रवेश गर्न नपाउने भएका हुन्  । सरकारले १४ तारिख राती १२ बजेबाट उक्त नियम लागु गर्न लागेको विदेश मन्त्रालयले जनाएको छ ।