काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता रावलले ओलीलाई रोक्न सांसद पदबाट राजीनामा दिनुपर्ने बताएका अभिव्यक्ति दिएका हुन् ।
एमालेमा माधव नेपाल पक्षभित्र सामूहिक राजीनामाको चर्चा चल्दै गर्दा रावलले पनि राजीनामा दिनुपर्ने मत सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।
उनी लेख्छन्,
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।

— Bhim Rawal, PhD (@BhimRawal179) May 12, 2021