२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

नेपाल चिकित्सक संघद्वारा देशभर रेड अर्लट जारी

नेपाल चिकित्सक संघद्वारा देशभर रेड अर्लट जारी
अ अ+ अ-

काठमाडौं । नेपाल चिकित्सक संघले रेड अर्लट जारी गरेको छ । कोभिड १९ को संक्रमण बढ्दै गएपछि संघले नागरिकको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको निष्कर्षका साथ बुधबार देशभर रेड अर्लट  घोषणा गरेको हो । 

बढ्दो संक्रमितको संख्यालाई नेपालको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्थामा पुगेको भन्दै संघले सरकार, राजनीतिक दल, नागरिक समाज, वुद्धिजीवी र सर्वसाधरणलाई एकजुट भएर महामारी विरुद्ध लड्न अपिल पनि गरेको छ । संक्रमितहरु अस्पताल आउन नपाएको, आएकालाई अस्पतालले फर्काएको,बचाउन सक्ने अवस्था हुदाहुदै अक्सिजनको अभावमा विरामीको ज्यान जाने गरेका लगायत हृदयविदारक दृश्यहरु देखिनु निकै पीडादायी भएको भन्दै संघले नागरिकको जीवन रक्षा भन्दा ठूलो अरु नभएको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ । 

संघले कोभिडको पहिलो लहरमा नै आवश्यक स्वास्थ्य व्यवस्थाका तयारी नगर्ने हो भने भयावह अवस्था आउन सक्छ भनेर निरन्तर झकझकाईरहे पनि सरकार, राजनीतिक दल लगायत सरोकारवालाहरु गम्भीर नबन्दा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेको जनाएको छ । संघका महासचिव डाक्टर बद्री रिजालले महामारी भयावह बन्दै गएकाले राजनीतिक जोडघटाउलाई बन्द गरी सरकारसंगै सबै वर्ग र तप्काहरु महामारी विरुद्धको लडाईमा एकजुट हुन आव्हान गरिएको बताउनुभयो ।

उहाँले महामारीमा नागरिकको जीवन रक्षा गर्न संघले देशभर रेर्ड अर्लट जारी गरी सबैलाई कोभिड विरुद्धको लडाईमा एकत्रित हुन अपिल गर्नुभयो । संघले स्वास्थ्य क्षेत्रमा देखिएका अभाव तुरुन्तै सम्बोधन गर्न र उपचारमा आवश्यक पर्ने अक्सिजन, बेड लगायत अत्यावश्यक सामाग्रीको उपलब्धता गराई नागरिकको जीवन रक्षा गर्न आग्रह गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो “नेपाल चिकित्सक संघले राजनीतिक दलहरु लगायत सम्पुर्णलाई एउटा अपिल गरेको छ । कोरोनाको दोश्रो लहरमा मानिसहरु संक्रमित हुने र मृत्यु हुने दर बढ्दै गईरहेको अवस्थामा विरामीहरुले वेडको अभाव र अक्सिजनको अभावमा जीवन गुमाईरहेका छन् । यस्तो विषम परिस्थितिमा पनि देश र सरकारको ध्यान कोभिड महामारी भन्दा अन्यत्र गएको हुनाले सम्पुर्ण राजनीतिक दल, सरकार, बुद्धिजीवी, नागरिक समाजलाई अहिलेको विषय परिस्थितिमा कोरोना विरुद्ध लड्न र चेन तोड्नका लागि संघले रेर्ड अर्लट जारी गरेको छ । जनताको जीवन खतरामा रहेको छ । त्यसैले संघले सम्पुर्ण उपायहरु अबलम्बन गरी नागरिकको जीवनरक्षा गर्न अपिल गर्दछ । ”

उहाँले विषम परिस्थितिमा आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिएका चिकित्सकमाथि हातपात भएको र त्यस्ता घटनाले चिकित्सकको मनोबल उच्च रहन नसक्ने भएकाले चिकित्सकमाथि हुने हातपातका घटना रोक्न र संलग्नलाई कारवाही गर्न सरकारसंग माग गर्नुभयो ।