२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी: दलका नेताहरु

नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी: दलका नेताहरु
अ अ+ अ-

काठमाडौं । बिभिन्नदलका नेताहरुले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी भएको बताएका छन् । नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँहरुले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनु भएको हो ।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताउनुभयाे  ।

उहाँले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने बताउनु भयो । उहाँले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो दुवै देशको सम्बन्धलाई अब हामीले नयाँ धारा र नयाँ दिशा दिन जरुरी छ । त्यो के हो भने जो नेपाल र भारतमा दुवै मुलुकमा जुन उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधि छ, त्यसको उपयोगबाट हामीले विकासको लक्ष्य प्राप्त गर्न सक्नेछौँ । दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षाबाट जो पीडित छन्, वञ्चित छन्, त्यसको समाप्त गर्न विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्न आवश्यक छ । दुवै देशको सम्बन्धलाई अब दुवै देशको विकास र अघि बढ्नका लागि एक आपसमा मिलेर अघि बढ्नुपर्छ । सँगै भइसकेपछि केही न केही मनमुटाव हुन्छ नै तर त्यसलाई एक आपसमा छलफल गरेर टुंग्याउनुपर्छ ।’

अध्यक्ष यादवले एक अर्का देशबीच एकअर्काको हीतलाई समेटर अघि बढ्न जरुरी रहेको बताउनु भयो । नेपालका नागरिकहरु भारत गएपछि फर्किंदा र भारतका नागरिक नेपालबाट फर्किंदा समस्या झेल्नुपरेको भन्दै त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले भारतको बिरोध गर्नु नेपालको राष्ट्रवाद नभएको बताउनुभयो । कार्यक्रममा बोल्दै सांसद केसीले बि.सं. २०१७ सालपछि नेपालको राष्ट्रवाद नै भारत र काँग्रेसको बिरोध गर्नु हो भन्ने भाष्य बनेको बताउनु भयो । अहिले पनि कहिलेकाहीँ भारतको बिरोध गर्नु नै नेपालको राष्ट्रवाद हो भनि सम्झिने गरिएको भन्दै त्यो गलत भएको बताउनु भयो । उहाँले कुनै राष्ट्रको बिरोधमा नभई आफ्नो राष्ट्रको पक्षमा उभिनुपर्ने बताउनु भयो । उहाँले नेपाल–भारत बीचको सम्बन्धलाई अझै सशक्त र मजबुत बनाउनुपर्ने बताउनु भयो । उहाँले भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा पनि अद्वितिय योगदान दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘खासगरेर १७ सालपछिको एउटा परिस्थिति यसरी जन्मियो तत्कालिन पञ्चायती व्यवस्थाको बिरोधमा सशस्त्र संघर्षदेखि विभिन्न प्रकारका संघर्षका निम्ति भारतीय क्षेत्रलाई आधार बनाएर हाम्रो नेता सुवर्ण समशेर लगायत बसेको स्थितिमा तत्कालिन परिवेश के भयो भने नेपालको राष्ट्रवाद भनेको नै भारत बिरोधवाद र काँग्रेस बिरोधवादको रुपमा जन्मियो । त्यसकारण हामी कहिलेकाहीँ भारत बिरोधवाद नै नेपालको राष्ट्रवाद हो कि भनेर सम्झन्छौँ त्यो होइन । संसारमा कुनैपनि राष्ट्रको बिरोध होइन आफ्नो समर्थनमा हरेक राष्ट्र उभिन्छ । हरेक राष्ट्रको राष्ट्रिय अस्तित्वको निम्ति पहिलो उसको चासो हुन्छ । छिमेकी भन्दा ।

हुनत भारतीय नीति अहिले छिमेकी पहिलो भन्ने छ । त्यो दृष्टिकोणले अहिले जुनखालको परिवेशहरु निर्माण भएको छ, त्यसलाई अझ सशक्त, मजबुत कसरी बनाउन सक्छौँ ? र भारतीय स्वतन्त्रता संग्रामले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएका अद्वितिय योगदानहरु त मैले अघि नै पनि बताए । र भारतीय स्वतन्त्रता संग्रामको निम्ति नेपालीहरुले योगदान दिएको कुरा पनि भनेँ । त्यतिमात्र त्यसले गरेन । विश्वव्यापी रुपबाट अहिंसा र सत्यको शक्ति कति छ ? ब्रिटिस साम्राज्य जहाँ कहिल्यै सूर्य अस्ताउँदैन भनिन्थ्यो, त्यो साम्राज्यलाई हराउन सक्ने शक्ति हुन्छ भन्ने अहिंसाको सन्देश अहिंसात्मक ढंगले, नैतिक बलले पनि हामी विजय प्राप्त गर्नसक्छौँ भन्ने सत्यको सन्देशको पनि यो संग्राम प्रेरणाको रुपमा हामी लिनसक्छौँ ।’

उहाँले नेपाल–भारत बिचको सम्बन्ध राजनीतिक बन्धनले मात्रै बाँधिएको नभई धर्म, संस्कार, संस्कृति, परम्परा र आपसी मान्यताहरुबाट एक अर्कामा जोडिएको बताउनु भयो । उहाँले दुई देशका बीचमा देखिएका समस्याहरुलाई पारस्परिक आत्मविश्वासका साथ सहअस्तित्व र सहसम्मानको बाटोबाट हल गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्ध जनस्तरसम्मै हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै उहाँले नेपाल र भारतको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारी तहमा मात्रै नभई दुई देशका जनताहरु एक अर्कासँग नजिक भएपछि मात्रै सुमधुर बन्ने बताउनुभयो । उहाँले दुई देशको मैत्रीपूर्ण सम्बन्ध व्यापारीक र कर्मचारीस्तरको मात्रै रहेर नहुने भन्दै सीमा क्षेत्रको समस्या सुधार अहिलेको आवश्यकता रहेको औंल्याउनु भयो । राउतले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार नहुने भन्दै प्राविधिक विषयहरुको पनि हल खोज्नुपर्ने बताउनु भयो । उहाँले भारत–नेपालको मैत्रीपूर्ण सम्बन्धको लागि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा अनसन बसेको बताउनु भयो । उहाँले सो समयमा प्रधानमन्त्री नरेन्द्र मोदीलार्ई १३ बुँदे ज्ञापनपत्र समेत बुझाएको स्मरण गर्दै सीमा क्षेत्रको समस्या हल गर्नुपर्ने आवश्यता रहेको औंल्याउनु भयो ।

राउतले भन्नुभयो,‘ म आफैँपनि सन् २०१२ मा दिल्लीको जन्तरमन्तरमा पुगेर दुई देशको मैत्रीपूर्ण सम्बन्धको लागि अनसन बसेको मान्छे हुँ । त्यतीबेला हाम्रो कुनै पार्टी थिएन । म भर्खरै अमेरीकाबाट आएको थियो । र, मेरो बिबाह चाहीँ भारतमै भएको हो । जुन सीमा क्षेत्रमा मैले समस्याहरु पाएँ । अलिकति आश्चार्यचकित भएँ । अमेरीका, बेलायत जाँदाखेरी यस्तो समस्या हुँदैन । हजारौं हजार वर्षदेखि दुई देशबीच रहेको सम्बन्धमा खुला सीमाना हुँदाखेरी हामी जाँदा समस्या हुने हो भनेर अलिकति आश्चार्यचकित भएँ । मैले त्यो कुरालाई ध्यानाकर्षण गराउन दिल्लीको जन्तरमन्तरमा दुई देशको सम्बन्धको लागि अनसन बसेको हुँ । मैले त्यतिबेला प्रधानमन्त्री नरेन्द्र मोदी ज्युलाई १३ बुँदे ज्ञापनपत्र हस्तान्तरण गरेको थिएँ । दुई देशको मैत्रीपूर्ण सम्बन्ध केवल व्यापारीक रुपमा मात्रै रहेर पनि हुँदैन, केबल कर्मचारीको स्तरमा रहेर मात्रैपनि हुँदैन । जतिबेला दुई देशका जनताहरु एक अर्कासँग नजिक रहन सक्छन् । अनि मात्रै दुई देशको सम्बन्ध सुमधुुर हुन्छ । हामीले कार्यक्रमहरु मात्रै गरेर सम्बन्ध सुधार गर्न सक्दैनौं । प्राविधिक कुराहरु के के सुधार गर्न आवश्यक छ ? त्यो पनि हेर्नुपर्ने हुन्छ । सीमा क्षेत्रको समस्या सुधार गर्न आवश्यक छ ।’

राउतले भारतीय स्वतन्त्रता आन्दोलन शान्तिपूर्ण रुपमा भएको भन्दै यो आन्दोलनले विश्वमै लोकतन्त्रको सन्देश दिएको बताउनु भयो ।