४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

सीमामा बग्दै छ नेपाली भूमि

सीमामा बग्दै छ नेपाली भूमि
फाईल फोटो
अ+ अ-

कञ्चनपुर । बयालिस परिवारको बसाइँरहेको कुतियाकवर दोधारा चादँनी नगरपालिकाको विकटसँगै नेपाल–भारतको सीमासित जोडिएको बस्ती हो ।

पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ । बीसको दशकमा बस्ती बसेको कुतियाकवर लगातार नदी कटानले गाउँ नै जोखिममा रहेपनि सरोकारवाला निकाय भने सीमाको माटो जोगाउने र बस्ती बचाउने सघन उपायमा लागेको छैन् ।

विसं २०७४ मा जोगबुढा नदीमा झोलुङ्गे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान गरिरहँदा तटबन्ध निर्माणका लागि पहल भएको देखिँदैन् ।“पुरानो र सानो सङ्ख्यामा हामी दशकाँंैदेखि बसिरहेको भए पनि सुविधाका नाममा सरकारले आफ्नो भूमि बचाउन सक्ने हैसिएत देखाएनन् ।” स्थानीय टेकबहादुर सुनारले भन्नुभयो,“दुई नदीको कटानले कुतिकवर मात्रै बग्ने होइन, दक्षिणतर्फ यहाँ जोगबुढा नदी सीमा नदी बन्ने चुनौती थपिएको छ ।”

दोधारा चादँनी नगरपालिका–१० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको बताउनुभयो ।“ दुवैतर्फ कटान हुँदा बर्सेनि बस्ती साँघुरिँदै गएको छ ।” उहाँले भन्नुभयो–“हिजोआज पनि बस्तीको पश्चिमतर्फ महाकाली नदीले नियमित कटान गरिरहेको छ ।” सो क्षेत्रको नदी कटान नियन्त्रणका लागि नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा अस्थायी तटबन्ध निर्माणका लागि पहल भइरहेको अध्यक्ष सिंहको भनाइ थियो ।

“अस्थायी तटबन्धले कटान न्यूनीकरण हुन्छ की भन्ने आशा हो ।” उहाँले भन्नुभयो,“वर्षामा हरेकवर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ ।” वडाध्यक्ष सिंहले नदी कटानकै कारण सीमा स्तम्भ नं २२ लामो समयदेखि हराइरहेको बताउनुभयो । “कुतियाकवरमा अहिले २१ नम्बर पिल्लर छ । ” उहाँले भन्नुभयो,“नदी कटानकै कारण २२ नम्बर पिल्लर भएको ठाउँमा अहिले महाकाली बग्छ ।”

कुतियाकवर बस्ती पारी सीमामा भारतको बङ्गाली कलौनी पर्छ । बस्तीमा नेपाल–भारत सीमा स्तम्भ भए पनि दशगजा क्षेत्र भने खाली छैन् । कुनै बेला सीमा र राष्ट्रियताको विषयमा यहाँको कुतियाकवरदेखि कालानीसम्म अभियानसमेत सञ्चालन गरिए पनि अहिले कुतियाकवर बगेर सीमा सर्ने अवस्थामा आउनलाग्दा पनि कोही नबोलेको स्थानीयवासीको गुनासो थियो ।

“यसअघि त यहाँ जनप्रतिनिधिले नगरको रिङ्रोड नै बनाउने आश्वासन दिए ।” स्थानीयवासी भीम सुनारले भन्नुभयो–“विकासका नाउँमा बस्तीको कच्ची सडकमा ग्राइभेलसम्म हालिएको छैन् ।” विसं २०२९देखि नै बस्ती कटान र डुबानको चपेटामा पर्दै आएको बताउँदै उहाँले बस्तीसँग सीमा जोगाउन सरकार सचेत हुनुपर्ने बताउनुभयो ।

“ एक सय ४५ परिवारको बसोबास रहेको कुतियाकवरमा नदी कटानकै कारण अहिले ४२ परिवारमा समेटिएको छ ।” वडाध्यक्ष सुनारले भन्नुभयो–“ २१ नम्बर पिल्लरबाट जोगबुढा नदीबीचको गाउँ सधैँ अभावकाबीच सीमा कुरेर बसिरह्यो ।”बस्तीमा कुतियाकवर सामुदायिक विपद् व्यवस्थापन समिति पनि छ वर्षअघि बनेको र त्यसको नेतृत्व गाउँका टेकबहादुर सुनारले गर्दै आउनुभएको छ ।

“दुईदिन अघिको बाढीले पनि बस्ती डुबानमा पर्दा जोखिम मोलेरै पनि स्कुल गएका बालबालिका घर फर्किए ।” टेकबहादुरले भन्नुभयो–“ यसअघि बस्ती डुब्दा ज्यान जोगाउन अम्बिका मावि परिसरमा पुगेका थियौँ ।”दातृ निकाय र दोधारा चादँनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण हुदैछ भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोटलगायत उद्धार सामग्रीसमेत उपलब्ध गराइएको समितिका अध्यक्ष सुनारको भनाइ थियो ।

“ बाढी आउँदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानीय प्रशासन सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन पहल भएको देखिदैन् ।” उहाँले भन्नुभयो, “कटानले बस्ती जोखिम मात्रै होइन सीमाको माटो पनि दिनदिनै नदीले बगाउँदैछ ।” रासस