२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने, बुटवल–लुम्बिनी बाहिरियो

ललितपुरले फाइनल प्रवेशका लागि काठमाडौंसँग भिड्ने, बुटवल–लुम्बिनी बाहिरियो
अ अ+ अ-

काठमाडौं । अञ्जन विष्टको निर्णायक गोलको मद्दतमा ललितपुर सिटीले राजधानीमा जारी नेपाल सुपर लिग (एनएसल)को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । 

त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको खेलमा अञ्जनले ६२औं मिनेटमा गरेको गोल निर्णायक बन्दा ललितपुरले दोस्रो क्लालिफायरमा स्थान बनाउन सफल भएको हो । पराजित भएसँगै बुटवल लुम्बिनीको नेपाल सुपर लिगको यात्रा इलिमेनेटरमा समाप्त भएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा  दुबै टोली सुरुआतबाट नै आक्रमक देखिएका थिए । जितले मात्र अघिल्लो चरण प्रवेशको ढोका खुल्ने अवस्थामा दुबै टोली जितको खोजीमा मैदान उत्रिएका थिए । सोही अनुसार आक्रामक देखिएको ललितपुरका लागि १२औं मिनेटमा १५ यार्ड टाढाबाट डोना थापाले प्रहार गरेको बल गोल पोस्ट नजिकैबाट बाहिरिएको थियो । त्यसको सात मिनेट पछि अनमार्क रहेका बुटवलका विलियम्सको प्रहार निकै फितलो भयो । २५औं मिनेटमा डोनाको पासमा नुर्लान जाहिदले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरे । ३३ औं मिनेटमा ललितपुरका अन्जन विष्टले डिबक्स बाहिरबाट प्रहार गरेको बल बुटवलका गोलकिपर विशाल श्रेष्ठले पुन उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा बुटवलका विलियमले वान भर्सेस वानमा गोल गर्न सकेनन ।

त्यसपछि दोस्रो हाफ तिर लम्किएको खेलमा बुटवल लुम्बिनी आक्रामक देखियो ।  बाम्बार प्रयास गरे पनि गोलले पोस्टको दिशा लिन सकेन । काउन्टरकै प्रयास रहेको ललितपुरले ६२औं मिनेटमा अञ्जन विष्टकोग गोलबाट अग्रता पायो । अञ्जनले डाइभ हेडिङ मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । उक्त गोल नै टोलीलाई दोस्रो क्वालिफायरमा पुग्न पर्याप्त भयो । बाँकी सयममा पनि ललितपुर अग्रता बढाउने प्रयासमा काउन्टर गरे पनि सफल हुन सकेन । बुटवल लुम्बिनीका खेलाडीले पनि केही राम्रा अवसरलाई सदुपयोग गर्न चुके । फल स्वरुप लुम्बिनी प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

सुरुआत कमजोर भए पनि ललितपुरले लिग चरणका अन्तिम खेलमा पुनरागमन गर्दै शीर्ष चारमा स्थान बनाउन सफल भएको थियो । अनपेक्षित खेल प्रदर्शनबाट ललितपुरका प्रमुख प्रशिक्षक प्रदिप हुमागाईलाई बर्खास्त पछि सहायक रेफ्रि राजु तामाङले टोली सम्हालेका थिए ।

पहिलो प्लेअफमा धनगढी एफसीसँग पराजित भएपनि प्रतियोगिताको फम्र्याट अनुसार काठमाडौंले दोस्रो क्वालिफयामा अब ललितपुरसँग खेल्नेछ । लिग चरणको खेलमा ललितपुरले तेस्रो र बुटवलले चौथो स्थानमा रहदै प्लेअफमा स्थान बनाएका थिए ।
खेलमा ललितपुर सिटीका गोलकिपर अपर्ण कार्की सुपर प्लेयर्स अफ दि म्याच चुनिए । कार्कीले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै इमर्जिङ प्लेयर्सको उपाधि ललितपुर सिटीका मिडफिल्डर मिक्चेन तामाङ चुनिएर नगद १० हजार रुपैर्या प्राप्त गरे ।