२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु

नेपालमा ‘सेल्फी विथ डटर’ अभियान शुरु
अ अ+ अ-

काठमाडौँ । नेपालमा पनि ‘सेल्फी विथ डटर’ अभियान शुरु भएको छ । लैङ्गिक समानताका लागि भारतका सुनिल जङ्गलानले थाल्नुभएको सो अभियान भर्चुअल कार्यक्रम मार्फत नेपालमा पनि शुरु भएको हो । 

महिला सशक्तीकरण तथा लैङ्गिक समानताको मूलमर्म बोकेको यो अभियान सेल्फी विथ डटर फाउण्डेसन भारत र नेपाल इन्टरनेट फाउण्डेसनद्धारा भर्चुअल कार्यक्रम आयोजना गरी मङगलबारबाट नेपालमा सञ्चालन भएको हो ।  कार्यक्रममा नेपालको तर्फबाट कक्षा आठमा अध्ययनरत तजैना श्रेष्ठ र भारतबाट कक्षा नौमा अध्ययनरत अवनेशी श्रीमलसहित दुवै देशबाट कम उमेरका युवती र महिलाहरुले आफ्ना भनाइहरु राख्नुभएको थियो ।

नेपाल इन्टरनेट फाउण्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले नेपालमा अझै पनि छाउपडीलगायतका माहिलालाई दमन गर्ने प्रथाहरु भइरहँदा यो नयाँ अभियानले छोरीहरुको महत्व र अधिकार सुनिश्चित गर्ने बताउनुभयो । कार्यक्रममा पूर्वमन्त्री गणेश शाहले यो अभियानलाई पूर्णरुपले सहयोग गर्ने बताउनुभयो । अभियन्ता जङ्गलानाले यो अभियानले गर्दा भारतको हरियाणादेखि मेवात भन्ने गाउँसम्म एकदमै धेरै परिवर्तन ल्याएको बताउनुभयो । 

कार्यक्रममा बलात्कार, एसिड आक्रमण, आत्महत्याका घटना, महिनावारी विभेदका विभिन्न विषयहरुमा प्रस्तुत गरिएको थियो । अभियानले छोरीहरुको मुहारमा मुस्कान थप्नुको साथै महिलामा हुने भेदभाव, लैङ्गिक असमानता जस्तो व्यवहारमा आमूल परिवर्तन ल्याउने विश्वास गरिएको छ । यसमा जोकोहीले आफ्नो छोरीसँग सेल्फी खिचेर सहभागिता जनाउन सक्नेछन् जसलाई अन्तर्राष्ट्रिय मातृ दिवसको अवसरमा पुरस्कृत गरिनेछ । यसमा सहभागी हुन छोरीसँग हाँस्दै गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा ह्यासट्याग सेल्फी विथ डटर भनेर राख्नुनुपर्नेछ ।