६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगानी गर्नुपर्छ: निजी क्षेत्र

सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम पूर्वाधार विकासमा लगानी गर्नुपर्छ: निजी क्षेत्र
अ+ अ-

काठमाडौँ । निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्र्नुपर्ने बताएको छ ।

बुधवार काठमाडौंमा भएको अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना आवद्धता शुभारम्भ कार्यक्रममा बोल्दै निजी क्षेत्रले यस्तो धारणा राखेको हो ।

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषमा श्रमिकहरुले योगदान गरेको रकम बैंकमा राखेर ब्याज लिने भन्दा पनि विकासका पूर्वाधारहरुमा लगानी गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकास लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षा कोष,कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केट राखेर सबैभन्दा ठूलो कोष बनाउन आवश्यक रहेको पनि बताउनु भयो।

अध्यक्ष मल्लले सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश गराउन विषयमा नेपाल चेम्बर अफ कमर्स तयार रहेको उल्लेख गर्नुभयो । उहाँले अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीहरुले पनि समावेश हुने मौका पाउनुपर्ने माग राख्नुभयो ।

उहाँले भन्नुभयो,‘सामाजिक सुरक्षा कोषमा सबै निजी क्षेत्र समावेश हुनुपर्छ । त्यसको लागि नेपाल चेम्बर अफ कमर्स तयार रहेको छ । अनौपचारिक क्षेत्र र स्वरोजगार श्रमिकलाई समेट्ने भएपछि अब उद्योगी व्यवसायीहरुले पनि समावेश हुने मौका पाउनुपर्छ । उद्योगी व्यवसायीले कमाएको केही अंश व्यवसायबाट बाहिरदा सामाजिक सुरक्षा प्राप्त गर्न पाउनुपर्छ ।

स्वदेश तथा विदेशमा भएका श्रमिकहरु कोषमा आवद्ध हुन आवश्यक छ । कोषका योजनाहरुको प्रचारप्रसार कम भएको छ । सामाजिक सुरक्षा कोष,कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई एकै बास्केट राखेर सबै भन्दा ठूलो कोष बन्यो भने राम्रो हुन्छ । त्यो गर्न आवश्यक छ । कोषमा जम्मा भएको ४० अर्ब रुपैयाँको बैंकमा राखेर ब्याज लिने मात्रै नभएर मुलुकको पूर्वाधार विकास लगानी हुनु पर्नेछ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले पनि कोषमा जम्मा भएको रकमलाई सही रुपमा सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनाहरुमा लगानी गरेर कोषको उद्देश्य अनुसार श्रमिकको सुरक्षा दिन सक्नुपर्ने बताउनु भयो। उहाँले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो। उहाँले कोषमा अनौपचारिक क्षेत्रका श्रमिकहरु थपिदा चुनौतिहरु थपिँदै जाने भन्दै चुनौति समाधानको लागि कोषले आवश्यक पूर्वाधार तयार पार्नु र्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउँदा श्रमिकको सुरक्षा र क्षमता विकासमा टेवा पुग्नेछ । कोषमा अनैपचारिक क्षेत्रका श्रमिकहरु पनि थपिदा चुनौतिहरु थपिँदै जान्छ । चुनौति समाधानको लागि कोषले आवश्यक पूर्वाधार तयार पार्नुपर्ने छ । कोषमा वृद्धि हुँदै गएको रकमलाई सही रुपमा सदुपयोग गर्दै जानुपर्ने देखिन्छ । मुलुकको पूर्वाधार विकास निर्माण र गौरवका आयोजनाहरुमा लगानी गरेर कोषको उद्देश्य अनुसार श्रमिकको सुरक्षा दिन सफल हुनेछ ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आर्थिक रुपमा सक्रिय जनसंख्याको ६७ प्रतिशत बढी अनौपचारिक क्षेत्रमा रहेको बताउनु भयो। उहाँले रोजगारीमा बदलिँदो ढाँचाका कारण अनौपचारिक अर्थतन्त्र तिब्र गतिमा विकास भइरहेको बताउनु भयो। उहाँले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई समेत सुरक्षा कोषमा समावेश गर्नु महत्वपूर्ण रहेको बताउनु भयो। उहाँले कर्मचारी र नागरिक लगानी कोषले दिने सेवा सुविधाहरु सामाजिक सुरक्षा कोषले दिनुपर्ने बताउनु भयो।

उहाँले भन्नुभयो,‘नेपालमा आर्थिक रुपमा सक्रिय जनसंख्याको ६७ प्रतिशत बढी अनौपचारिक क्षेत्रमा रहेको आइएलओले भन्दै आएको छ । रोजगारीमा बदलिँदो ढाँचाका कारण अनौपचारिक अर्थतन्त्र तिब्र गतिमा विकास भइरहेको छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई समेत सुरक्षा कोषमा समावेश गर्नु महत्वपूर्ण छ । कोषमा आवद्धता बढ्दै गएको छ । कर्मचारी र नागरिक लगानी कोषले दिने सेवा सुविधाहरु सामाजिक सुरक्षा कोषले दिनुपर्ने योगदानकर्ताहरुको सुझाव छ ।’

त्यस्तै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले सामाजिक सुरक्षा कोषमा आवद्ध नगर्ने र सूचिकृत गरी योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने जस्ताका लागि दण्डनिय बनाउन माग गर्नुभयो । उहाँले योगदान रकम नदिने कुनै कम्पनी र फर्मको दर्ता नविकरण र कर चुक्ता जस्ता विषयमा कडाई गर्नेतर्फ निर्मम बन्न आवश्यक रहेको बताउनु भयो। उहाँले श्रमिकको मासिक तलबको ११ प्रतिशत र राज्यबाट मासिक ९.३ प्रतिशत योगदान गर्ने रकम राज्यको कुन अंगबाट कसरी योगदान गर्ने स्पष्ट गरिनपर्ने बताउनु भयो। उहाँले श्रमिकहरु ११ प्रतिशत योगदान गर्न तयार रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘सामाजिक सुरक्षा कोषमा आवद्ध नगर्ने,सूचिकृत गरी योगदानको रकम कट्टा गरी आफ्नै कार्यालयमा राख्ने जस्ताका लागि दण्डनिय बनाउनुपर्छ भन्ने हाम्रो माग छ । यस्तो नगरेको अवस्थामा कुनै कम्पनी र र्फमको दर्ता नविकरण र कर चुक्ता जस्ता विषयमा कडाई गर्नेतर्फ निर्मम बन्नुपर्छ । श्रमिकको मासिक तलवको ११ प्रतिशत र राज्यबाट मासिक ९.३ प्रतिशत योगदान गर्नुपर्ने हुन्छ ।

यो रकम राज्यको कुन अंगबाट कसरी योगदान गर्ने हो स्पष्ट गरिनुपर्छ । श्रमिकहरु ११ प्रतिशत योगदान गर्न तयार छन् । प्रधानमन्त्रीले योगदान कर्ता श्रमिक र रोजगारदातालाई सुरक्षा कोषमा आवद्ध हुन आग्रह गर्नुभएको छ । अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि ल्याउने प्रक्रिया शुरु भयो अब सरकारी कार्यालयमा अनौपचारिक रुपमा काम गर्ने श्रमिकलाई कहिले समावेश गराउनुहुन्छ ? प्रधानमन्त्री सुन्ने मात्रै होइन व्यवहारमा लागू गर्नुपर्छ ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारी कार्यालयमा अनौपचारिक रुपमा काम गर्ने श्रमिकलाई कहिले समावेश गराउनुहुन्छ ? प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्रीले श्रमिकका मागका विषमा बोल्न मात्रै नभएर व्यवहारमा लागू गर्नु माग गर्नुभयो ।