२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सास गन्हाउँछ, कसरी पाउने छुटकारा ?



अ+ अ-

काठमाडौं । श्वास गन्हाउने समस्याले धेरैलाई दुस्ख दिएको हुन्छ । साधारणतया नियमित मुख सफा नगर्दा, दाँत नमाझ्दा, वा खानपानको गडबडीले मुख गन्हाउने समस्या हुन्छ । तर कतिपय मानिसमा नियमित सरसफाइका बावजुद सास र मुख गन्हाउने समस्या हुन्छ ।

मुख गन्हाउनुको धेरै कारणहरु हुन सक्छन्, जस्तै गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउने गर्दछ ।

धेरैले यसलाई सामान्य समस्या मान्दछन् । तर अवस्था अनुसार यो गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले समयमै मुख तथा श्वास गन्हाउने समस्याबारे जानकारी हुन आवश्यक छ ।

कस्तो अवस्थामा मुख गन्हाउने समस्या खतरनाक ?
– मुखमा घाउ खटिरा आएमा ।
– गाँठागुँठी आएमा
– गिजा पाकेमा
– दाँतमा किरा लागेमा
– खाल्डो परेमा तथा दाँत राम्ररी सफा नभएमा
यस्ता समस्या भएमा मुखको क्यान्सर, मधुमेह, स्वास प्रश्वासनलीमा, मृगौलामा समस्या उत्पन्न भएको हुनसक्छ ।

मुख गन्हाउने समस्याबाट बच्न के गर्ने ?
– नियमित बिहान बेलुका राम्ररी ब्रस गर्नुहोस् ।
– मुखमा घाउ भए मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने ।
– निमको पातलाई पिसेर मनतातो पानीमा हालेर कुल्ला गर्ने ।
– बाहिर निस्कदा चुइगम, ल्वाङ, सुकुमेल टुक्रा चपाउने ।
– समस्या दीर्घकालिन देखिएमा चिकित्सकको परामर्श लिने ।