२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

यी राशि भएकाको पहिलो नजरमै बस्छ प्रेम

यी राशि भएकाको पहिलो नजरमै बस्छ प्रेम
अ अ+ अ-

काठमाडौं । तपाईंले धेरै मानिसले पहिलो नजरमै माया बस्यो भन्ने सुन्नुभएको होला । वास्तममा कतिपयको प्रेम जादुमयी तरिकाले पर्ने गर्छ र अन्जान मानिसहरू पछि छिट्टै प्रेममा एकाकार हुन्छन् ।

कसरी यति छिटो मानिसहरू एकअर्कामा आकर्षित हुन्छन् भन्ने विषयमा असली कारण भने अर्कै छ । वास्तविक रूपमा प्रेमको तार तपाईंको राशिसँग जोडिएको हुन्छ । त्यसैले यी पाँचवटा राशि भएका मानिसहरू अरूको तुलनामा छिट्टै प्रेममा पर्छन् । उनीहरूको प्रेमको आकर्षण अरूको तुलनामा बढी हुन्छ ।

मीन राशि भएका रोमान्टिक
मीन राशि भएका मानिसहरू अत्यन्तै रोमान्टिक हुन्छन् । उनीहरूको प्रेमको रमाइलो जीवन अक्सर सीमाको बन्धनबाट मुक्त हुन्छ । उनीहरूले हरेकलाई असल नजरले हेर्छन् । यो राशि भएका मानिसको संगतमा पर्नेहरू छिट्टै नजिकिन्छन् । वास्तममा संसारलाई उनीहरू रंगीन चस्माले हेर्छन् । उनीहरू सजिलै प्रेममा डुब्छन् ।

मेष राशिका मानिसहरू प्रेममा धैर्य गर्दैनन्
मीन राशिका मानिसहरू जस्तै मेष राशिका मानिसहरू पनि सजिलै प्रेममा डुब्छन् । उनीहरू प्रेममा धैर्य राख्न सक्दैनन् । किनकि यो राशिमा मानिसहरू स्वभावले आक्रामक र छिट्टै निर्णय लिने खालका हुन्छन् । यो राशिका मानिसहरूले कहीँ कसैलाई पनि प्रेम प्रस्ताव राखिदिन सक्छन् ।

कर्कट राशि भएका मानिस प्रेममा पार्न खप्पिस
कर्कट राशि भएका मानिसहरू कसैलाई पनि सजिलै मनाउन सक्षम हुन्छन् । त्यसकारण उनीहरू कसैको प्रेममा छिट्टै डुबिदिन्छन् र कसैले मानेन भने फकाउने भरसक कोसिस गर्छन् । यो राशिका मानिसहरूमा ‘आइडिया अफ लभ’ हुन्छ र उनीहरूको त्यो प्रेमको तरिकामा छिट्टै मोहित भइदिन्छन् ।

सिंह राशि भएकाले लिन्छन छिटो निर्णय
सिंह राशि भएका मानिसहरूको दमदार व्यक्तित्व हुन्छ । यो राशिका मानिसमा कुनै पनि विषयको जबर्जस्त ‘प्यासन’ हुन्छ । यो राशिका मानिसमा विश्वासको स्तर पनि बढी हुन्छ । त्यस कारण उनीहरू प्रेमको मामलामा पनि सीमाको कम ख्याल गर्छन् र छिट्टै निर्णय लिन्छन् ।

वृश्चिक राशिका मानिसले प्रेममा ढिलाइ गर्दैनन्
वृश्चिक राशिका मानिसहरूमा प्रेमप्रति जबर्जस्त आकर्षण हुन्छ । ‘प्यासन’ का कारण उनीहरू कसैलाई देखेमा सजिलै प्रेममा पर्छन् । यो राशिका मानिसहरू कसैलाई आफ्नो प्रेमको बारेमा छिट्टै भनिहाल्छन् । यही कारण उनीहरू छिट्टै प्रेमको चक्करमा पर्छन् ।