२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

यस्ता छन् कागती पानी खानुका फाइदा र बेफाइदा

यस्ता छन् कागती पानी खानुका फाइदा र बेफाइदा
अ अ+ अ-

काठमाडौं । नेपालको जुनसुकै भेगम प्रायः सहजै पाइने कागती बहुउपयोगी फलफुलहरूमध्ये एक हो । यद्यपि यसलाई फलफुलका रूपमा भन्दापनि सर्वत र अचार बनाउने काममा बढी प्रयोग गरिन्छ । आउनुस् जानौँ कागतीका फाइदाहरू :

क. अपच र कब्जियत : अपच र अब्जियतमा कागतीको प्रयोग अचुक हुन्छ । खानामा केही थोपा कागतीको रस हाल्नुहोस् । यसले पाचनलाई धेरै सहयोग पुर्याउनेछ । कागतीले र रगत शुद्धिकरण र शरीरका अन्य विकार हटाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यदि खानामा कागति राख्नु भएको छैन भने खानाको आधाघण्टापछि कागतीको सर्वत खाँदा पनि उत्तिकै हितकारी हुन्छ ।

कागतीको जुस बनाउनका लागि कागती, सम्भव भएसम्म सखर नभए चिनी र बिरेनुन आवश्यक हुन्छ । सफा पानीमा कागती निचोरेर सखर र बिरे नुन घोलेर खाँदा शरीरमा ऊर्जा मात्रै प्राप्त हुँदैन, शरीरका विकार समेत हटाउँछ । पुदिनाको पात पिँधेर अथवा त्यसको धुलो हाल्दा त्यसले सर्वतलाई झनै स्वादिलो बनाउनेमा त कुनै शंकै छैन ।

ख. ज्वरो : नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर सत्य भने अकै छ । रुघाखोकी र ज्वरोमा समेत कागतिको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिटै निको हुन्छन् , कारण, सर्व पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।

ग. दाँतको सुरक्षा : कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाईमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर ख्याल गर्नुस् , कागतीमा धेरै अम्लतत्व हुने भएकाले कागतीको धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ । यस्तोमा तत्कालै सफा पानीले मुख कुल्ला गर्नुहोस् ।

घ. कपालको सुरक्षाः कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्त्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल खस्ने समस्याको धेरै हदसम्म निदान हुन्छ । कपालमा सिधै कागतीको रस लगाएर, त्यसलाई केहीबेर सुकाएर नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

ङ. पोलेको घाउमा: पोलेको घाउमा कागती र कागतीजन्य जुनसुकै अमिलो पनि रामवाण हुन्छ । पोलेको ठाउँमा कागतीको रस तत्काल दल्ने हो भने कुनै पनि फोका पनि उठ्दैन र विना दाग घाउ निको भएर जान्छ ।

च. नाथ्री फुट्दा : कपडाको सानो डल्लो बनाएर त्यो डल्लोलाई कागतीको रसमा डुबाएर नाथ्री फुटेको ठाउँमा पसाउने हो भने त्यसले रगत समेत रोकिन सहयोग पु(याउँछ ।

छ. शरीरको अनावश्यक वृद्धिमा: यदि तपाईँको शरीर अनावश्यक रूपमा वृद्धि भएको छ भने मनतातो पानीमा सखर हालेर खानुस् । यसले तपाईँको बजन अवश्य पनि हटाउनेछ ।

ज. हैजामा : हैजा र मलेरिया रोगमा समेत कागतीको सर्वत अत्यन्त हितकारी छ किनभने यसले रगत शुद्धिकरणमा भूमिका खेल्छ ।

झ. पाइताला र खुट्टाको दुखाईमा : तातो पानीमा कागतीको रस हालेर त्यसमा पाइताला र खुट्टा डुबाउँदा दुख्ने समस्यामा धेरै नै कम हुन्छ । त्यतिमात्रै होइन कागतीको रस पानीमा हालेर त्यसले नुहाएमा शरीरको दुखाई समेत कम गर्न सहयोग पुर्याउँछ ।

ञ.शरीरका गिर्खा हटाउनमा: शरीरमा आएका गिर्खा र कसिलो माशुका डल्ला भएका ठाउँमा कागतीको रस राख्दा त्यसले त्यस्ता गिर्खा बिस्तारै हटाउनमा सहयोग गर्दछ । कागतीको सर्वत नियमित पिउनेलाई पत्थरीको समस्या पनि कम हुन्छ ।

ट. घाँटीको खरावीमाः कागती यस्तो फल हो जसमा घाँटीमा हुने लगायतका संक्रमणसँग भिड्ने तत्व हुन्छ । यसर्थ, घाँटीको खरावीमा पनि कागतीको सर्वत लिऔँ ।

ठ. उच्च रक्तचापः मुटुका समस्या भएका व्यक्तिहरूलाई कागतीको सर्वत अतिउपयोगी हुन्छ किनभने यसमा भएको पोटासियम तत्वले उच्च रक्तचाप, वाक्वाकी, टाउको दुखाई नियन्त्रण गर्छ । मानसिक तनाव नियन्त्रण गर्न पनि कागतीको सर्वत उत्तिकै उपयोगी छ ।