काठमाडौ । नेकपा एमालेको असन्तुष्ट माधब नेपाल समूहका पक्षको राजीनामा रोक्ने प्रयास भएको छ । नेपाल समूहका सांसदहरुले आजबाट राजीनामा दिई संदबाट बाहिरने निर्णय पछि त्यसलाई रोक्ने अन्तिम प्रयास भएको ।
माधब नेपाल लाई पनि उहाँका निकटबर्ती नेताहरुले सामुहिक राजीनामा बारे बिचार गर्न आग्रह गरेका थिए । राजीनामाका बारेमा अर्थमन्त्री तथा उपमहासचिब बिष्णु पौडेल र नेता नेपाल बीच नेपाल निबास कोटेश्वरमा छलफल भै रहेको छ ।
आजै पार्टी भित्रको समस्यका बारेमा छलफल गर्न नेकपा एमालेको स्थायी समितिको बैठक बस्दैछ । प्रधानमन्त्री निबास बालुवाटारमा बिहान नौ बजे बस्ने बैठकमा नेपाल पक्षको माग बारे छलफल हुने एक नेताले जानकारी दिए ।











