१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष तिमिल्सिनासंग थाई नेपाली संघका पदाधिकारी भेट



अ+ अ-

काठमाडौं । थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासंग भेट गरेका छन् ।

सिंहदरबारस्थित उहाँको कार्यकक्षमा भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपाली मूलका नेपालीभाषी थाई नागरिकलाई गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका थिए ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मुलका नागरिकका समस्याहरु समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन दिनुभयो ।

दोस्रो बिश्व युद्धताका म्यान्मार हुँद नेपालीहरु थाइल्याण्ड पुगेका थिए । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउन समेत थाईल्याण्डमा कठिनाई भएको गुनासो उनिहरुले गरेका थिए ।

गैर आवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट बञ्चित हुनु गुनासो उनिहरुको थियो । नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले भन्नुभयो नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक छ तर सहज रुपमा उपलब्ध छैन ।

थाईल्याण्डमा झण्डै १ लाख नेपाली भाषी रहेका छन ।