२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी

सङ्क्रमणको त्रासः एउटै बस्तीमा ४० सङ्क्रमित

सङ्क्रमणको त्रासः एउटै बस्तीमा ४० सङ्क्रमित
अ अ+ अ-

महोत्तरी । चुरे पहाडी काखमा पर्ने महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ । बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो । बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । 

पूर्वपश्चिम राजमार्गबाट छ÷सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो । बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिनुभयो ।
 
बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो । जाँच परिणामबाट बस्तीमा सङ्क्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । सङ्क्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ । 

ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा सङ्क्रमण पुष्टिका घटनामध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।

पछिल्लो एक÷दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउनुहुन्छ । यसबीचमा सङ्क्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेशनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ । 

बर्दिबास नगरक्षेत्रमा सङ्क्रमण प्रभाव बढेपछि सामाजिक क्षेत्रबाट पनि रोकथामको पहलकदमीका लागि प्रयास थालिएका छन् । बर्दिबासचोकमा लियो क्लब अफ बर्दिबासले हेल्थ डेस्क स्थापना गरेर सर्वसाधारणको ज्वरो नाप्ने तथा सावधानी अपनाउनु पर्ने पक्ष बताउने गरेको छ । त्यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सचेतना बढाउन र सुरक्षित हुने उपायका लागि ‘पुरानो मास्क फाल्नुहोस् , नयाँ लगाउनुहोस’ भन्ने अभियान नै सञ्चालन गरेको छ । यी प्रयत्नले सङ्क्रमण रोकथाममा सहयोग गरेको नगरप्रमुख कार्की बताउनुहुन्छ ।

नगरपालिकाले गत वर्ष २०७७ मै बढेको सङ्क्रमणसँगै पिसिआर मेसिन खरिद गरी निःशुल्क स्वाब जाँचको व्यवस्था गरेको छ । त्यतिखेर सञ्चालनमा ल्याइएको आइसोलेशन कक्ष मङ्सिरयता सङ्क्रमण देखिन छाडेपछि हटाइएको थियो । अहिले नयाँ वर्ष २०७८ प्रारम्भयता दोहोरिएर सङ्क्रमण बढेपछि पुनः १०० शय्याको आइसोलेशन व्यवस्थापनमा लागिएको नगर कार्यपालिकाले जनाएको छ । व्यवस्थापन गर्न लागिएको नयाँ आइसोलेशन कक्षमा अक्सिजनको सुविधासमेत मिलाइने नगरप्रमुख कार्कीको भनाइ छ ।