• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल ★   जेठ अन्तिमदेखि मनसुन भित्रिँदै, सरदरभन्दा बढी वर्षा हुने ★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ

रजनीकान्तको ‘जेलर’ले चार दिनमै कमायो १५० करोड



एजेन्सी । शुक्रबारबाट प्रदर्शनमा आएको सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ले भारतमा १५० करोडको कलेक्सन पूरा गर्ने बाटोमा छ ।

एक रिपोर्ट अनुसार, फिल्मले आइतबार भारतभर ३८ करोड कलेक्सन गरेको छ । यो तमिल फिल्म हिन्दी, तेलुगु, मलयालम र कन्नड भाषामा डब गरिएको छ । सबै भाषाको कुरा गर्ने हो भने जेलरले भारतमा अहिलेसम्म १४६.४ करोड कमाइसकेको छ ।

विश्वव्यापी कलेक्शनको कुरा गर्ने हो भने फिल्मले करिब २२२.१ करोड कमाएको छ र चाँडै नै फिल्मले ३०० करोड क्लबमा आफ्नो स्थान बनाउनेछ । फिल्मले आफ्नो ओपनिङ डेमा करिब ४८.३५ करोड कमाएको थियो ।

रजनीकान्तको फिल्मको भारतभर ९३ लाख टिकट बिक्री भइसकेको छ । जहाँ सनी देवलको फिल्म ‘गदर २’ रिलिज भएपछि मात्र ३ दिनमा ७० लाख टिकट बिक्री भएको थियो । अगस्ट १० देखि अगस्ट १३ सम्म देशभरका करिब २ करोड १० लाख मानिस फिल्म हेर्न सिनेमा हल पुगेका थिए । सन्नी देवल र रजनीकान्तको फिल्मले चार दिनमा करिब ४०३ करोड कलेक्सन गरेको छ ।

निर्देशक नेल्सनको फिल्म जेलरमा रजनीकान्त टाइगर मुथुवेल पाण्डियनको भूमिकामा छन् । फिल्ममा टाइगरले एउटा समूहलाई रोक्न खोज्छ जसको उद्देश्य कुनै पनि हालतमा आफ्नो नेतालाई जेलबाट बाहिर निकाल्ने हो । फिल्ममा राम्या कृष्णन, तमन्ना भाटिया, विनायकन, योगी बाबु, मोहनलाल र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।