४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय

मोती पाइन सक्छ पोखराका तालमा

मोती पाइन सक्छ पोखराका तालमा
अ+ अ-

गण्डकी । तालैतालको सहर पोखराका तालमा मोती उत्पादनको सम्भावना देखिएको छ । लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेको हो ।

सन् २०१७ देखि बेगनासमा मोती उत्पादनका सम्बन्धमा अनुसन्धान गरिँदै आइएको र यहाँका तालमा यसको उत्पादनको पर्याप्त सम्भावनालाई पुष्टि गरेको केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले राससलाई जानकारी दिनुभयो ।

अनुसन्धानको सफलतासँगै अब यस क्षेत्रमा माछापालन गर्ने कृषकले सँगसँगै मोती उत्पादन पनि गर्न सिपीको खेती गर्नसक्ने पुष्टि भएको उहाँले बताउनुभयो । प्रमुख हुसेनले मोति गरगहनाका साथै विभिन्न औषधिका लागि पनि प्रयोग हुने गरेको जानकारी दिनुभयो ।

“सिपी माछा जस्तै पानीमा पाइने जीव हो, यसले मोती उत्पादन गर्दछ”, उहाँले भन्नुभयो, “हामीले गरेको अनुसन्धानबाट यो साना साना पोखरी तथा जलाशयमा पाल्न सकिने प्रमाणित भएको छ ।”

विगतमा मोती उत्पादन गर्ने सिपी केबल समुन्द्रमा मात्रै हुने भन्ने भनाइलाई अनुसन्धानले हाम्रा आसपासका जलाशयमा नै पाल्न सकिने तथ्य प्रमाणित गरेको र योसँगै माछापालक कृषकले दोहोरो सुविधा लिनसक्ने देखिएको प्रमुख हुसेनले बताउनुभयो ।

नेपालमा बर्सेनि ठूलो सङ्ख्यामा मोती विदेशबाट आउने गरेको छ । एउटै मोतीको दुई हजार रुपैयाँसम्म पर्ने बताउँदै उहाँले तालै तालको सहर पोखराका अधिकांश तालमा यसको व्यावसायिक खेती नै गर्न सकिने जानकारी गराउनुभयो ।

प्रमुख हुसेनका अनुसार हरियो तथा मलिलोपनयुक्त जलाशयमा सिपीको खेती राम्रोे हुन्छ । पोखराका तालमध्ये रुपाताल यसका लागि धेरै सम्भावनायुक्त ताल भएको छ ।

“सिपीको बाह्य आवरणबाट इमेज विड (मूर्ति छायाँ) र गोलाकार विड (गोलो मोती) तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “करिब १२ महिनादेखि १८ महिनामा मोती उत्पादन गर्न सकिन्छ ।” माछापालनसँगै सिपी पालन पनि गर्न सकिने जानकारी दिँदै प्रमुख हुसेनले ती सिपी उत्पादनका साथै बाह्य भाग फालेर मासु खानसमेत सकिन्छ । विशेषत: थारु समुदायमा यसको मासुको प्रचलन बढी छ ।

एक हेक्टर क्षेत्रफलमा २० हजार सिपी पालन गर्न सकिन्छ । माछा पाल्ने क्रममा राखिएको आहारा पनि यसलाई हुने उहाँले जानकारी गराउनुभयो । सिपीबाट मोती उत्पादन गर्न त्यसको बाह्य आवरणभित्र इमेजको स्वरुप राखिन्छ । त्यही स्वरुपमा सिपीले मोती भर्दछ । चाहिएको इमेजको स्वरुप राखिएपछि त्यसमा सिपीले मोती भर्ने गर्दछ । करिब १२ महिनादेखि १८ महिनासम्मको अन्तरालमा मोती तयार हुन्छ ।

प्रमुख हुसेनका अनुसार यसको अनुसन्धान गर्दा सिपीको ‘मेन्टल केविटी’ मा सर्जरीको मध्यमले इमेज आकार राखी सिपीलाई साना थैलीमा बाँधेर पानीमा डुबाइएको थियो । त्यसरी राखिएको एक वर्षमा ‘इमेज पर्ल’ र ‘हाफ गोलाकार पर्ल’ पाइएको थियो ।

यो अनुसन्धानले हाम्रा पहाडी तथा तराईका भूभागका प्राकृतिक जलाशयमा मोती उत्पादनका लागि सिपी पालन गर्न सकिने देखिएको उल्लेख गर्दै उहाँले यसमा ध्यान दिन सके कृषकको आम्दानी बढाउन सकिने सम्भावना देखिएको बताउनुभयो ।

पछिल्ला समयमा भारत, बङ्गलादेश, चीन, जापान, भियतनाम र अन्य धेरै देशले मोती खेतीको प्रविधि विकास गर्दै गएका छन् । यसले दक्षिण–पूर्वी एशियाली देशहरूमा रोजगारी र आयको स्रोतको बढाउँदै लगेको छ । अनुसन्धानको सफलतासँगै सात तालको बाटिका सहर उपमा पाएको लेखनाथका तालमा मोती उत्पादनलाई जोड दिदै यहाँका बासिन्दाकोे आयआर्जन बढाउने सम्भावना देखिएको बेगनास ताल धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुबनाथ अधिकारीले बताउनुभयो ।

“स्थानीयवासीलाई आयआर्जनसँग जोड्न उनीहरूलाई आवश्यक तालिम दिएर मोती उत्पादनमा लगाउन सकिन्छ”, उहाँले भन्नुभयो, “वर्षेनी विदेशबाट आयात गरिने मोती उत्पादनमा प्रेरित गर्न सकेमा आगामी दिनमा मोतीमा आत्मनिर्भरतासँगै विदेशमा निर्यात गर्न सकिने देखिएको छ ।”रासस