• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड ★   एक महिनामा भित्रिए ९० हजार विदेशी पर्यटक ★   सरकारले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएर बजेट ल्यायो: काँग्रेस ★   आठ वर्षमा पनि बनेन शीत भण्डार ★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना

कांग्रेसले गठबन्धनको स्थिरता र स्थायित्वका लागि काम गर्ने



फाईल फोटो

काठमाडौँ । कांग्रेसले गठबन्धनको स्थिरता र स्थायित्वका लागि काम गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकको निर्णय सुनाउदै प्रमुख सचेतक रमेश लेखकले वर्तमान सत्तागठबन्धन कांग्रेसको प्रयास र प्रयत्नमा बनेको भन्दै गठबन्धनको स्थिरता र स्थायित्वका लागि पार्टीले प्रभावकारीरुपमा काम गर्ने बताएका हुन् ।

यसैगरी बैठकले मुलुकमा भ्रष्टाचार निवारण र सुशासनको सुनिश्चिताका लागि सरकारसँग आग्रह गर्ने र जग्गा कित्ताकाट खुले पनि कार्यान्वयन नभएको अवस्थामा तत्काल कर्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले देशभरि फैलिएको डेङ्गु रोग र एडिनो भाइरस कन्जन्टिभाइटिस (आँखा पाक्ने) रोगको सङ्क्रमणको आवश्यक औषधि उपचार व्यवस्था गरी रोकथाम तथा नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।

बैठकले देशव्यापीरुपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी ढङ्गले तत्काल काम गर्न साथै पीडित किसानलाई उचित राहत एवं क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गरेको छ ।

बैठकले बाढी, पहिरो र डुबान प्रभावितको उद्धार, राहत र पुन:स्थापनाको अविलम्ब व्यवस्था गर्न, ध्वस्त भएका, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्न, विभिन्न स्थानमा अवरुद्ध भएका सडक यातायात अविलम्ब सञ्चालन गर्नसमेत माग गरेको छ ।

यसैगरी बैठकले तराई–मधेसका विभिन्न जिल्लामा अल्पवृष्टिका कारण धेरै स्थानमा धान रोपाइँ हुन नसकेको र जमिन मुनिको पानीको सतह तल झरेका कारण खानेपानीको समेत समस्या भई नागरिक ठूलो मर्कामा परेको उल्लेख गर्दै किसानलाई राहत दिन र खानेपानीको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।