२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सासंदको साथ सहित ठाकुर-महतो भक्तपुरस्थित एक होटलमा छलफल गर्दै



अ+ अ-

काठमाडौं । नयाँ सरकार गठनको रस्साकस्सी जारी रहेको बेला जनता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरु भक्तपुर एक रिसोर्टमा जम्मा भएका छन् । काग्रेस सभापति शेरबहादुर देउवालाई सहयोग गर्न नसक्ने बचन दिएर निस्कनु भएका अध्यक्ष  ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफू निकटका सांसदहरुलाई लिएर भक्तपुर पुग्नु भएको हो ।

शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन लाग्नु भएका अर्का नेता उपेन्द्र यादव पक्ष भने ठाकुर र महतो पछिल्लो निर्णयले अप्ठारोमा परेको छ । यता शेरबहादुर देउवालाई साथ दिन पार्टी विभाजन गर्ने संकेत पाएको भन्दै  ४० प्रतिशत पुग्न नदिनका लागि सांंसदहरु लाई एकै राखिएको ठाकुर पक्षका एक नेताले जानकारी दिनुभयो ।

भक्तपुरमा रहेका ती सांसदले भने १९ जना माननिय यता हुनुहुन्छ पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भई रहेको छ । जसपामा हाल ३२ सासंद रहेका छन् ।