काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एमाले नेपाल पक्षधर सांसदहरुले राजीनामा नदिएसम्म सरकारको दाबी नगर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न भएको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
सभापति देउवाले पदाधिकारी बैठक बस्नुअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरे पनि एमाले वरिष्ठ नेता नेपाल भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्तामा समावेश भएका थिए ।











