काठमाडौं । बहुमतको सरकार बन्ने सम्भावना लगभग सकिएको कांग्रेस-माओवादीले निष्कर्ष निकालेका छन् ।
बहुमतीय सरकार बनाउन का लागि दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग टरेको निष्कर्ष निकालेका हुन्।
कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिने आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।
जसपामा पनि कांग्रेस-माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ। माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस-माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा सांसदहरूको बहुमत देखिन सकेको छैन।











