४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा

गण्डकी प्रदेशसभा बैठक स्थगन

गण्डकी प्रदेशसभा बैठक स्थगन
अ+ अ-

गण्डकी । आज दिउँसो १ बजे बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक मङ्गलबारका लागि सरेको छ ।

‘बिजनेस’ नभएपछि गत बिहीबार डाकिएको बैठक पनि सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले मङ्गलबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने जानकारी सूचनामार्फत दिएको छ । यसअघि गत बिहीबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची नै तय गर्न नसकेपछि बैठक स्थगित भएको थियो ।

विपक्षी दल नेकपा (एमाले)ले सरकारले प्रदेशसभालाई बिजनेस दिन नसकेको जनाएको थियो । आजको बैठक पनि विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अब बस्ने बैठकमा विषयगत समिति गठनको विषयले प्रवेश पाउने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले बताउनुभयो ।

सरकारले वन विधेयक पनि प्रदेशसभा सचिवालयमा दर्ता गरिसकेकाले आगामी बैठकमा छलफलका लागि पेस हुने जनाइएको । एमालेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन र गाईबस्तुमा देखिएको लम्पी स्किन रोगको नियन्त्रणसम्बन्धी जरुरी सार्वजनिक महत्वका दुईटा प्रस्ताव पनि दर्ता गरेको छ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको सात महिना बितिसक्दा पनि ‘मिनि संसद्’ मानिने विषयगत समिति अझै गठन हुन सकेको छैन ।

प्रदेशसभा नियमावलीको प्रावधानअनुसार प्रदेशसभामा अर्थ तथा विकास, सार्वजनिक लेखा, प्रदेश मामिला तथा कानुन र सामाजिक विकास तथा कृषि समिति गरी चार विषयगत समिति रहने प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले विषयगत समितिको नेतृत्वमा आ–आफ्नै दाबी अघि सारेका छन् । रासस