२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालय र शीतल निवासमा कुर्दाकुर्दै !



file
अ+ अ-

समाचारमा आए अनुसार आज एमालेको माधव नेपाल समूहका सांसदहरुको सामूहिक राजीनामा दिने भनेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ मा फर्कने प्रतिवद्धता नजनाए आजै राजीनामाको तयारी खनाल– नेपाल समूहले गरेको थियो । 
तर अन्तिममा आएर अलमलमा परेको छ । समय घर्कंदै गयो तर प्रधानमन्त्री ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएन । 

भनिएअनुसार चपलीहाइटस्थित एक व्यापारीको घरमा अहिलेसम्म नै वार्ता जारी छ । 

वार्ताेका बारेमा त त्यति थाहा पाएनौँ तर हामी भने संसद सचिवालयमा कुरिरहेका थियौँ, सचिवालयका एकजना कर्मचारीले भने । उनीहरु ५ बजेसम्म कार्यालयमै बसे, राजीनामा बुझाउन कार्यालयमा कोही आएनन् अनि समय घर्किएपछि घरतिर लागे ।   

माधव नेपाल समूहले ओलीलाई जेठ २ मा फर्कन बेलुका ४ बजेसम्मको अल्टिमेटम दिएको थियो तर ओली नेपालबीच २ बजेदेखि शुरु भएको वार्ताले ५ बजे नै कटाइदियो । उता नेपाल निकट सांसदहरुको राजीनामा नेता नेपालकै खल्तीमा रहेको बताइएको थियो तर त्यो पनि साथमै रह्यो । 

त्यस्तै भयो उता राष्ट्रपति कार्यालयका कर्मचारीलाई पनि । हुनत दलीय दलिल पेश गर्ने समय राति ९ बजेसम्म दिइएको थियो तर काँग्रेस–माओवादी गठबन्धनले भने समयमै अर्थात् कार्यालय समयभित्रै बहुदलीय सरकारको दाबी पेश गर्न जाने बताएको थियो । 

त्यही प्रचार मिडियामा आएपछि शीतल निवासका कर्मचारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई कुरेका थिए । तर उनी पनि समयमा नपुगेपछि यहाँका कर्मचारीले कार्यालय समय सकिएपछि पनि देउवालाई कुरेरै बसेका छन् । 

किनभने राष्टपतिले सरकार गठनको दाबी गर्ने समय आज राति ९ बजेसम्म तोकेकोले शीतलनिवासका कर्मचारी भने आज त्यतिञ्जेल पनि बस्नुपर्ने हुन्छ । 

तर आज राति ९ बजेसम्म पनि प्रचण्ड तथा देउवा समूहले सरकार बनाउने दाबी पेश नगरेमा भने वर्तमान प्रधानमन्त्री केपी ओलीलाई नै ठूलो दलको प्रधानमन्त्री नियुक्त गर्ने तयारीमा शीतलनिवास लागेको बताइएको छ ।